प्रमुख सुचनाहरु
मौजुदा सुची दर्ता / अध्यावधिक गर्ने बारे सुचना           Thematic case study report on CAESC_ASDP           Thematic Case Study on GALS_ASDP           Thematic Case Study on FEBL Class_ASDP           आयोजना सम्पन्न अध्ययन सर्वेक्षणका लागि परामर्शदाताहरुको संक्षिप्त सूची तयार गरिएको सूचना           सीताकुमारी खाम्चाः मरिसकेको आशा भैँसीपालन व्यवसायले फर्कायो: इन्फो कर्णाली अनलाइन           होटल र फेन्सी पसलमा असफलतापछि गाउँ फर्केर व्यावसायिक भैँसी पालन: रातोपाटी अनलाइन           सुर्खेत विरेन्द्रनगर १२, खोरियाका महिलाहरु आत्मनिर्भरताको बाटोमा अग्रसर           व्यावसायिक भैँसीपालन दुध, गोबर र गहुँत बिक्री - गोरखापत्र दैनिक           छाकटार्ने उपायको खोजीमा बिदेसिएका पुरुष स्वदेश फर्कंदै: अन्नपुर्ण पोष्ट दैनिक           ASDP Updated Brochure in Nepali           Midline Survey Report_ASDP Surkhet           Annual Report 2022/23 (Year: Five)           लैङ्गिक कार्य सिकाई पद्वति संचालन प्रक्रिया सम्बन्धि ब्रोसर           क्यान्सर पीडित एक किसानको लोभलाग्दो कृषि क्रान्ति : रातोपाटी अनलाइन           सामुदायिक कृषि प्रसार सेवा केन्द्र (CAESC) - ब्रोसर           बाली पात्रो - ASDP सुर्खेत           पोषण कर्नर सम्बन्धि जानकारी          
सफलताका कथा

कार्यक्रमले सांगिने दलित समुदायमा ल्याएको परिवर्तन
2023-01-02

साँगिने दलित समुदाय सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिकाको वडा नं.-४ मा अवस्थित छ ।करिब ४५ दलित घरधुरि रहेको यो बस्तिमा अहिले पनि बिजुलि बत्ति र सडक बाटो पुग्न सकेको छैन् । बस्तिका मानिसहरुलाई किनमेलका लागि नजिकै बजार छैन् । भौगोलिक हिसाब कठिन भुभाग, शैक्षिक अवस्था एकदमै कमजोर र न्यून आम्दानीले गर्दा स्थानीय वासीहरु निकै कष्टकर जीवन बाँचिरहेका हुन्छन् । परिवर्तनको आशा बोकेर बसिरहेको दलित समुदायलाई कृषि क्षेत्र विकास कार्यक्रम संचालन हुनुले आफुले बर्षौदेखि भोगेका समस्याहरु अब हट्छन कि भन्ने लागेको छ । साँगिने दलित समुदायमा कृषि क्षेत्र विकास कार्यक्रमले बेमौसमी तरकारी खेति र खसिबोका मूल्य श्रङ्खलामा सहलगानीमा कार्यक्रम संचालन गरिरहेको छ

भौगोलिक पहुचँको हिसाबले सिद्वकुमाख गाउँपालिकाको साँगिनेलाई सल्यान जिल्लाको कर्णाली भन्दा अनुपयुक्त नहोला । सल्यान रुकुम जोड्ने राप्ति राजमार्ग संजालबाट करिब ३५ किलोमिटर उत्तरपश्चिममा अवस्थित साँगिनेमा बसोबास रहेको दलित समुदायमा पुग्नको लागि साघुरो कच्चि सडकको सहायताले करिब ३-४ घष्टा गाडीको यात्रामा पुग्न सकिन्छ । हिउदको समयमा चल्ने यो सडक बर्खायामको समयमा विरलै गाढि चल्ने अवस्थामा हुन्छ । गाडि पुग्ने स्थानबाट केहि समय पैदल यात्रासमेत गर्नुपर्ने हुन्छ साँगिने दलित समुदायसम्म पुग्नको लागि । राज्यको नजर नपुगेको यो समुदायमा जीवनयापन गर्न धौधौ भएको कुरा स्थानीय विरेन्द्र बिक बताउँछन् । मनिलो अनुहार पार्दै उनी भन्छन, "यो समुदायमा अधिकाशं घरधुरीहरु विपन्न अवस्थामा रहेको र शिक्षादिक्षाको कमिको कारण युवा पिढिँ सरकारी जागिर र व्यापार व्यवसायमा कोहि पनि संलग्न नभएको र बेला बेला विदेशिनु पर्ने हाम्रो बाध्यता छ । "भौगोलिक अवस्था र सिंचाईको अभावको कारण जिवन निर्वाहका लागि गरिने खेतीपातीबाट समेत प्रशस्त उत्पादन गर्न नसकिने हुदा वर्षभरि खानपुग्ने अन्नको जोहोँ गर्न समेत कठिन छ यहाँका जनसमुदायलाई । घरपरिवारको खर्च धान्ने जिम्मेवारिको साथ पुरुषहरु रोजगारीका लागि प्रत्येक वर्ष ५∕६ महिनाको लागि भारतका विभिन्न ठाउँमा गई ज्याला मजदुरिबाट आउने रकमबाट जिवन गुजारा चल्ने गरेको बास्तविक परिदृश्य देखिन्छ समुदायका अधिकाशं परिवारमा । खेतीपाती गरेर खासै आम्दानि गर्न नसकेकोले घर परिवारको खर्च टार्न विदेशि भुमिमा गर्ने दुःख र परिश्रममा नै आफ्नो जिन्दगी ठानेका त्यहाका युवा र घरपरिवारमा परिवर्तन ल्याउन ठुलै कसरत गर्नुपर्ने देखिन्छ । समुहका अर्का एक जना सदस्य भन्छन, छोराछोरीहरुलाई पढाउन, लेखाउन र बिहान बेलुका हातमुख जोडन् समेत गाह्रो हुने यो समुदाय वर्षौ देखि राज्यका निकायमा पहुँच पुग्न नसकि राज्यको कार्यक्रमको सुविधाबाट समेत अछुतो रहन पुग्यो।

देशले संघियता प्राप्त गरे सगै शासकिय स्वरुपको समेत परिवर्तन भयो तर हाम्रा समुदायका मानिसहरुको जीवन जस्ताको त्यस्तै रहयो अब हामि पनि आफ्नो जीवनलाई परिवर्तन गर्न चाहन्छौ भन्ने समुदायको चाहना देखिन्छ। अन्नबालि उत्पादनबाट खासै केहि नहुने भएकोले यो समुदायमा बाख्रापालन गरि जिवन स्तर उकास्न ३० जना सदस्य सहितको “बहुउदेश्य बाख्रापालन कृषक समुह” वि.स.२०७६ साल बैसाखमा स्थापना गरेता पनि परम्परागत रुपमा बाख्रा पालन गरिरहेको यो समुदायमा १∕२ वटा बाख्रापालन गरेर के नै हुन्छ र भन्ने सोचमा सबै सदस्यहरु रहेका थिए। बाख्रापालन सम्बन्धि प्राविधिक तथा ब्यवहारिक ज्ञान सिप नभएकोले उचित स्याहार हुन नसक्दा बाख्राहरुलाई रोग लाग्ने र मर्ने समेत हुदाँ उनिहरुको मेहनेत समेत खेर जाने भएकोले हाम्रो उन्नती कहिले नहुने भयो भनि विगतमा समुहका सदस्यहरुको निराशा थप चुलिएको बताउछन समुहका सदस्यहरु। त्यसै वर्षको अन्त्य तिर नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानिय सरकार सगँको समन्वयमा संचालन गरेको कृषि क्षेत्र विकास कार्यक्रमले कलस्टरमा आधारित रहि पालिकामा बेमौसमी तरकारी खेती र खसी बोका मुल्य श्रृखंलामा सह लगानीका लागि प्रस्ताव आहवान गरेको थाहा पाएर समुहवाट पनि खसी बोका मुल्य श्रृखंलामा प्रस्ताव पेश गरेको विगतको कुरा बताउछन स्थानिय बासिहरु । राज्य संयन्त्रका लगानीहरु माथि विरलै पहुचँ पुग्ने यो समुदाय पनि सुरुवाति चरणमा समुहमा कार्यक्रम के पर्ला र भन्ने सोचाईमा समेत रहेको बुझिन्छ । तर कार्यक्रमबाट योग्य र सक्षम सबै समुहमा सहलगानि गरि साना र सिमान्त किसानहरुको जिवनस्तर उकास्ने लक्ष्यले टाट्नो सहितको सुधारिएको खोर निर्माण, नुन र औषधि व्यवस्थापन, डिजिटल तराजु, घाँस काट्ने मेसिन, घाँस ब्यवस्थापन, प्राविधिक सेवा खरिद, तालिम, नश्ल सुधार लगायतका विषय राखि कार्यक्रमको लागि सम्झौता गर्ने मोडालिटि तयार भएको र समुह छनोट परि कार्यक्रम सम्झौता भयो । सम्झौता भईसके पछि पनि कार्यक्रमबाट प्रस्तावित कृयाकलापले बाख्रापालनमा तात्विक के फरक पार्छ भन्ने कुराको ज्ञान समेत नभएकोले र आर्थिक अवस्था पनि निकै कमजोर भएका कारण सुरुवाति चरणमा पैसा लगानी गरेर काम गर्न नसक्ने भएकोले धेरै जसो सदस्यले टाट्नो सहितको सुधारिएको खोर निर्माण लगायतका काम सम्पन्न गर्न चाहेनन् । कार्यक्रमबाट केहि सदस्यहरुको खोर निर्माण र अन्य कृयाकलापहरुमा सबै सदस्यहरु सहभागि गराउने गरि योजना निर्माण भई कार्यक्रम अगाडि बढेको र सो अवधिमा प्राविधिकहरुको निरन्तर सहयोग र निगरानिबाट समुह सदस्यहरुले अधिकाशं प्रस्तावित कृयाकलाप सम्पन्न गर्न सम्भव भएको बताए ।

समुदायका पुरुषहरु पनि प्राय: घरायसी कामकाजमा चासो नराख्ने बानीले गर्दा महिलालाई कार्यबोझ समेत निकै रहेको देखिन्छ । समुहमा कृषि क्षेत्र विकास कार्यक्रमका कर्मचारी छलफलका लागि पुग्दा कार्यक्रमले खसी बोका लगायत विभिन्न मुल्य श्रृखंलामा सहलगानी गर्ने कुरा बैठकमा छलफलका साथै ब्यक्तिगत ज्ञान तथा क्षमता अभिवृद्धि, भविष्यमा वित्तिय साक्षरता कक्षा संचालन, पोषण सुधारका लागि पोषण पाठशाला संचालन र पोषण बगैचा स्थापना, महिला शसक्तीकरण लगायतका थुप्रै राम्रा कुराहरु कार्यक्रमले समावेश गरेको र यी कृयाकलापहरु समेत संचालन हुने हुनाले समुहका महिला सदस्यहरु झनै बढि खुसी भएको देखिन्छ । लैङ्गिक समानताको विषयलाई समुदायमा बुझ्न मद्दत गर्ने र महिला सशक्तीकरणमा पनि सहयोग पुर्याउने हिसाबले कार्यक्रमले आशा देखाएको छ । ब्यावसायीक तथा ब्यवस्थित तरिकाले बाख्रापालन गरि आफु र समुदायको अवस्थामा सुधार हुने कुरा बुझ्न थालेको यो समुदाय विभिन्न निकायबाट भविष्यमा समेत प्राविधिक तथा आर्थिक सहयोग पाए बाख्रापालनलाई थप बढाउने र आफ्नो जिन्दगी परिवर्तनका लागि लाग्ने छौ भन्ने कुरामा दृढ देखिन्छ । त्यहाँका १∕२ घरधुरीले आरनको काम पनि गर्दै आएको तर त्यसवाट घर धान्न पनि गाह्रो हुने भएको कुरा बताउँछन । खसि बोका पालन गर्दा बजारको खासै समस्या नभएको र ब्यापारीहरु घरमै आएर रू.पाँच सय प्रति किलोका दरले किनेर लाने कुरा समुहले छलफलमा समेत बताउँछन । घाँसपात प्रसस्त पाईने हरियो बन भएको यो स्थानमा कार्यक्रमको तर्फबाट थप घास व्यवस्थापन गरी बाख्रापालन व्यवसायको लागि राम्रो संभावना सृजना गरेको छ साथै त्यहाँको दलित समुदायको अवस्था परिवर्तनमा बाख्रापालनले नै महत्वपुर्ण भुमिका खेल्ने देखिन्छ । राज्यको मुल प्रवाहिकरणबाट टाढै रहेको यो समुदायमा कार्यक्रमको एक पटकको प्रयासबाट मात्र आमुल परिवर्तन संभव नहुने हुदा समुदायलाई उकास्न सम्बन्धित सवै सरोकारवालाहरुको साझा प्रयास अपरिहार्य देखिन्छ । कृषि क्षेत्र विकास कार्यक्रमले व्यावसायिक तरकारी खेति र खसिबोका मुल्य श्रङ्गखलामा सुरु गरेको सहलगानीको कामले साँगिनेको दलित समुदायमा परिवर्तन ल्याएको कुरा स्थानीयहरु बताउछन् । अहिले काम गर्ने जाँगर चलेको छ । आफनै समुदायमा बसेर पनि केहि गर्न सकिने रैछ भन्ने कुरा यो कार्यक्रम संचालन भएपछि थाहा भयो । आउने दिनमा यसलाई अझ सक्रियतापूर्वक गर्ने प्रतिबद्दता स्थानीय वासीको रहेको छ ।

संकलन तथा लेखन
सन्तोष दुवे, लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा पोषण अधिकृत
कृषि क्षेत्र विकास कार्यक्रम, कार्यक्रम समन्वय इकाई, सल्यान
पूर्नलेखनः
रत्नबहादुर बुढा
ज्ञान व्यवस्थापन तथा संचार अधिकृत, कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेत