प्रमुख सुचनाहरु
मौजुदा सुची दर्ता / अध्यावधिक गर्ने बारे सुचना           Thematic case study report on CAESC_ASDP           Thematic Case Study on GALS_ASDP           Thematic Case Study on FEBL Class_ASDP           आयोजना सम्पन्न अध्ययन सर्वेक्षणका लागि परामर्शदाताहरुको संक्षिप्त सूची तयार गरिएको सूचना           सीताकुमारी खाम्चाः मरिसकेको आशा भैँसीपालन व्यवसायले फर्कायो: इन्फो कर्णाली अनलाइन           होटल र फेन्सी पसलमा असफलतापछि गाउँ फर्केर व्यावसायिक भैँसी पालन: रातोपाटी अनलाइन           सुर्खेत विरेन्द्रनगर १२, खोरियाका महिलाहरु आत्मनिर्भरताको बाटोमा अग्रसर           व्यावसायिक भैँसीपालन दुध, गोबर र गहुँत बिक्री - गोरखापत्र दैनिक           छाकटार्ने उपायको खोजीमा बिदेसिएका पुरुष स्वदेश फर्कंदै: अन्नपुर्ण पोष्ट दैनिक           ASDP Updated Brochure in Nepali           Midline Survey Report_ASDP Surkhet           Annual Report 2022/23 (Year: Five)           लैङ्गिक कार्य सिकाई पद्वति संचालन प्रक्रिया सम्बन्धि ब्रोसर           क्यान्सर पीडित एक किसानको लोभलाग्दो कृषि क्रान्ति : रातोपाटी अनलाइन           सामुदायिक कृषि प्रसार सेवा केन्द्र (CAESC) - ब्रोसर           बाली पात्रो - ASDP सुर्खेत           पोषण कर्नर सम्बन्धि जानकारी          
सफलताका कथा

लैङ्गिक कार्य सिकाई पद्धति पश्चात देविसरामा आएको परिवर्तन
2023-01-03

देविसरा बुढा (कठायत) हाम्रो बहुउदेश्यीय सहकारी संस्थाको सदस्य हुन। उनको घरपरिवारमा चार जना सदस्य छन । उनका श्रीमान,१ छोरि,१ छोरा र उनी आफु । उनका श्रीमान बैक अफ काठमाण्डौमा सुरक्षा गार्डको रुपमा काम गर्दै आईरहेका छन । ६ वर्षिय उनको छोरी बोर्डिङ स्कुलमा पढदै आएको र सानो छोरा गाउँकै बाल शिक्षामा प्ले गुप्रमा पढदै गरेका छन ।चन्दनाथ नगरपालिका वडा न ७ मिचा, जुम्लामा बस्ने २६ वर्षिय देविसरा बुढा कठायत लैङ्गिक कार्य सिकाई पद्दती (GALS) सहजकर्ता पनि हुन ।हुन त पहिले देखि नै "कृषि समूहमा बस्ने, बचत गर्ने भएता पनि खासै सक्रिय नहुने देवीसरा लैङ्गिक कार्य सिकाई पद्दती (GALS) सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी भएपछि समुहमा सक्रिय हुनथालेपछि आफनो सक्रियताले उनको परिवारमा परिवर्तन ल्याएको महसुस गरेकी छ” उनले भनिन ।

हाम्रो बहुउदेश्यीय सहकारी संस्था कृषि क्षेत्र विकास कार्यक्रमसंग बेमौसमी तरकारी मुल्य श्रृखंलामा आवद्ध भए पश्चात देविसराले वित्तिय शिक्षा तथा व्यावसायीक साक्षरता सहजकर्ताको प्रशिक्षण तालिम लिएर दुई वटा समुह/सहकारिमा वित्तिय शिक्षा तथा व्यवसायीक साक्षरता कक्षाको सहजकर्ता भै पढाउने काम गर्दै आएकी थिइन। उक्त वित्तिय शिक्षा तथा व्यावसायीक साक्षरता सहजकर्ता भएर समुह तथा सहकारीका सदस्यहरुलाइ वित्तिय शिक्षाको बारेमा सिकाउने काम गर्दै आईरहेकी देवीसरा २०७८ साल साउन महिनामा परिवर्तन उत्प्रेरक (Change Catalyst ) हरुको लागी सुर्खेतमा संचालन गरिएको लैङङ्गिक कार्य सिकाई पद्धति (Gender Action Learning System) सम्बन्धि ७ दिने प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी हुने अवसर पाईन । उक्त तालिममा सहभागी भएपछि सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्दा यसले उनको परिवारमा परिवर्तन आएको छ उनले अगाडि भनिन् । GALS तालिममा सहभागी भएपछि घरमा श्रीमानसंगको सम्बन्धमा सुधार आएको, श्रीमानको बानी व्यवहारमा परिवर्तन आएको कुरा देविसरा सुनाउछिन । जब तालिम लिएर म घर फर्के सबैभन्दा पहिले मैले सिकेका र बुझेका कुराहरु मैले मेरो श्रीमानलाई बुझाँए ।

एउटा परिवार खुशी हुनका लागी श्रीमान श्रीमतिको आपसी सम्बन्धमा राम्रो हुनु पर्ने, हरेका काम कुराहरुमा एक अर्काको सहयोग भएमा सोचेका सबै परिवारका सपनाहरु पुरा गर्न सकिन्छ भन्ने कुरा आफनो श्रीमानलाई बुझाइन । उनले आफुले सिकेका र बुझेका कुराहरुलाई यतिमा मात्र सिमित राखिनन् उनले यी कुराहरु आफ्ना छिमेकि दिदिबहिनिहरुलाइ पनि जीवन परिवर्तनका तरिका र विधिहरु सिकाईन । लैङ्गिक कार्य सिकाई पद्दतीका (GAlS) ३ वटा विधिहरु सुनौलो सपनाको यात्रा, खुशी परिवारको रुख र नेतृत्व सशक्तिकरण नक्साबाट सिकेका कुराहरु आफ्नो श्रीमानलाई पनि बुझाँए । खुशी परिवारको रुख विधि अन्तर्गत “ मैले श्रीमानको रक्सी पिउने बानि परिवर्तन गर्न चाहेको कुरामा गोलो घेरा लगाएको कुरा मैले श्रीमानलाइ बताएपछि श्रीमानले पनि महसुस गर्नु भयो कि रक्सी पिउने बानीले गर्दा घरमा दिनहुँ जसो झै-झगडा हुने र यसले गर्दा परिवारमा शान्ति नभएको कुरा स्वीकार गर्नुभयो र रक्सी पिउने बानी छोडनु भयो ।

GALS तालिममा सहभागी भै फर्केपछि आफुले १ रोपनिमा जग्गामा ३ वटा टनेलमा (१ फलामको र २ काठको) व्यवसायीक तरकारी खेति गर्दै आईरहेको छु उनले भनिन् । आफुले उत्पादन गरेको टमाटर, साग, धनिया बिक्रि गरि एक सिजनमा ६३००० रुपैया आम्दानी गरेको छु । व्यावसायबाट आएको आम्दानिले घर बनाउदा लागर्को ऋण तिर्न सफल भए उनी भन्छिन । उनले पहिले तरकारी खेति गरि बजारमा लगेर तरकारी बेच्ने काम नगरेको तर GALS तालिममा सहभागी भई आफनो लक्ष्य निर्धारण गर्दा उनले ३ वर्षको योजनामा तरकारी उत्पादन गर्ने लक्ष्य राखेकी देविसराले योजना अनुसार आफनो लक्ष्य पुरा गरेकि छन् । यो भन्दा पहिला आफुले उत्पादन गरेको तरकारी बेच्न लाज मान्ने उनी तालिममा सहभागी भएपछि आफै बजारमा गई मोलतोल गर्न सक्छन् । तरकारि बेच्दा मान्छेले देख्लान अनि आफन्तले के भन्लान भन्ने कौतुहलता जहिले नि मनमा रहन्थ्यो, ती सबै कुरा अहिले आएर हटेर गए उनीले भनिन् । यो भन्दा पहिले म आफैले आम्दानि हुने काम नगर्ने हुनाले २/४ सय रुपैया आवश्यक पर्दा पनि श्रीमान संग माग्नु पर्ने बाध्यता थियो । नियमित आम्दानिको श्रोत नहुदाँ श्रीमानले जाड रक्सि खाएर घरमा झगडा गर्ने गर्नुहुन्थ्यो । मेरो ३ वर्षे लक्ष्य अनुसार मैले बेमौसमी तरकारी खेति गरि आफनो उत्पादनलाई स्थानीय बजार तथा होटलमा बेच्न थालेपछि श्रीमानसंन सानोतिनो खर्च माग्नुपर्ने बाध्यता हटेर गयो । मैले तरकारी खेतीबाट आम्दानी गर्न सुरु गरेपछि श्रीमानले पनि तरकारी खेती गोडमेल गर्ने, पानी हाल्न तथा अन्य कामहरुमा सघाउन थाल्नुभयो । GALS तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गरेपछि विस्तारै विस्तारै हामी श्रीमान् श्रीमतीको सम्बन्धमा पनि सुधार आएको आयो ।

GALS तालिमले उनी आफु कुन अवस्थामा रहेको महुसु गराएर उनले आफनो अवस्थालाई अहिलेको भन्दा राम्रो बनाउनुपर्छ भन्ने ईच्छाशक्ति जागरुक गराईदियो । ईच्छा र चाहना भएमा आफुले चाहेको कामहरु गर्न सकिने भएपछि उनी व्यावसायीक रुपमा आम्दानी आउने काम गर्न सुरु गर्छिन । उनी आफै कमाउन थालेपछि उनको श्रीमानको उनी प्रति गर्ने व्यवहारमा पनि परिवर्तन आयो । उनको विचारमा लैङ्गिक कार्य सिकाई पद्दती तालिम अन्य तालिम भन्दा फरक रहेको जहाँ धेरै जसो तालिमहरु पढाइ लेखाइ भएका मानिसहरुका लागी हुने र अन्तर महसुस नहुने, नपढेका मानिसहरुका लागी के हो के, सुन्ने र पछि भुल्ने हुन्थ्यो भने यो तालिममा सहभागीहरुलाई चित्र द्धारा सिकाइने हुनाले विषेश गरि नपढेका व्यक्तिहरुका लागि बढि प्रभावकारी रहेको छ । यसले मनिसलाई आत्मसाथ गर्न सिकाउने र मानिसहरुको जीवन सुधार गर्न, परिवर्तनका सपना देख्न, व्यक्तिको जीवन र परिवारको अवस्थालाई परिवर्तन गर्न, परिवारलाइ सुखि र खुशि बनाउन, घर परिवारसंगको सम्बन्धमा सुधार ल्याउन, परिवारमा कामको बोझ पहिचान गरि त्यसलाई कम गर्न, घर परिवारमा कसले कुन, कुन काम गर्छन भन्ने कुरा पत्ता लगाउन र बढि आम्दानी हुने काम क-कसले गर्छन भनि पहिचान गर्न चित्रको माध्यमबाट सहयोग गर्दछ । यसले चित्रकै माध्यमबाट ३ वर्षको लक्ष्य निर्धारण गर्न सिकाउने र निर्धारण गरेका लक्ष्य प्राप्त गर्नका लागी आइपर्ने चुनौति र अवसरहरु पहिचान गर्न सहयोग पुर्याउछ । तालिममा मैले लिएको लक्ष्य तरकारी खेती गरि आम्दानी वृर्दि गर्ने थियो जुन लक्ष्य पुरा गर्न म सफल भएकी छु उनले भनिन् । अव आउने दिनमा थप १ टनेल बनाउने व्यावसायलाई अझ बढाउने लक्ष्य राखेको छु । यसका साथै स्याउ बगैचा बनाउने लक्ष्य पनि लिएको छु, जहा मैले हिउदमा स्याउ रोप्नका लागी जग्गा पनि तयारी गराएको छु र बाकि त्यो जग्गामा घेरबार गर्न बाकी रहेको छ । यसरी काम गर्दै जादा अवश्य पनि मैले लिएका लक्ष्यहरु पुरा हुन्छन“ उनि बताउछिन ।

अहिले जाडोको बेलामा खुल्ला ठाउमा चिसोले गर्दा तरकारी उत्पादन गर्न सकिदैन । यस्तो अवस्थामा पनि देविसराले आफनो टनेलमा टमाटर, सुई, रायो र पालुङ्गो साग तथा धनियाँ लगाएको पाईन्छ । आफनो व्यावसाय संगसंगै उनले १० घरधुरीलाइ लैङ्गिक कार्य सिकाई पद्दती (GALS) तालिमका विधिहरु सिकाउने गरेको छन् । कृषि क्षेत्र विकास कार्यक्रमसंग बेमौसमी तरकारी मुल्य श्रृखंलामा आवद्ध भएपछि सहकारीका सदस्यहरुले बेमौसमी तरकारी उत्पादन गर्दै आएका थिए । यो संगैं गाल्स तालिममा सहभागी भई जीवन परिवर्तनका विधिहरु सिकेपछि त सदस्यहरुमा अझैझन गर्नु पर्दो रहेछ भन्ने लगनशिलता र चासो जागेको देखिन्छ । यसैले गाल्सले सबैजनामा उत्प्रेरणा जगाउने काम गरेको छ उनले बताइन । अन्तमा लैङ्गिक कार्य सिकाई पद्दती (GALS) तालिमले मलाइ लक्ष्य निर्धारण गर्न, परिवारलाइ खुसी बनाउन र परिवारका अन्य सदस्यहरुसंग राम्रो सम्बन्ध स्थापना गर्न तथा पारिवारिक निर्णय गर्ने कुरामा सहयोग गर्यो । यसरी गाल्स तालिम मेरो जीवन बदल्ने मार्ग भईदियो । यसका लागि कृषि क्षेत्र विकास कार्यक्रमलाई म धेरै धेरै धन्यवाद दिन चाहान्छु ।
लेखनः ईन्दिरा भण्डारी
लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा पोषण अधिकृत

पूर्नलेखनः रत्नबहादुर बुढा, ज्ञान व्यावस्थापन तथा संचार अधिकृत ASDP सुर्खेत

Download