प्रमुख सुचनाहरु
मौजुदा सुची दर्ता / अध्यावधिक गर्ने बारे सुचना           Thematic case study report on CAESC_ASDP           Thematic Case Study on GALS_ASDP           Thematic Case Study on FEBL Class_ASDP           आयोजना सम्पन्न अध्ययन सर्वेक्षणका लागि परामर्शदाताहरुको संक्षिप्त सूची तयार गरिएको सूचना           सीताकुमारी खाम्चाः मरिसकेको आशा भैँसीपालन व्यवसायले फर्कायो: इन्फो कर्णाली अनलाइन           होटल र फेन्सी पसलमा असफलतापछि गाउँ फर्केर व्यावसायिक भैँसी पालन: रातोपाटी अनलाइन           सुर्खेत विरेन्द्रनगर १२, खोरियाका महिलाहरु आत्मनिर्भरताको बाटोमा अग्रसर           व्यावसायिक भैँसीपालन दुध, गोबर र गहुँत बिक्री - गोरखापत्र दैनिक           छाकटार्ने उपायको खोजीमा बिदेसिएका पुरुष स्वदेश फर्कंदै: अन्नपुर्ण पोष्ट दैनिक           ASDP Updated Brochure in Nepali           Midline Survey Report_ASDP Surkhet           Annual Report 2022/23 (Year: Five)           लैङ्गिक कार्य सिकाई पद्वति संचालन प्रक्रिया सम्बन्धि ब्रोसर           क्यान्सर पीडित एक किसानको लोभलाग्दो कृषि क्रान्ति : रातोपाटी अनलाइन           सामुदायिक कृषि प्रसार सेवा केन्द्र (CAESC) - ब्रोसर           बाली पात्रो - ASDP सुर्खेत           पोषण कर्नर सम्बन्धि जानकारी          
सफलताका कथा

मेरो कथा मेरो टमाटर
2023-01-12

दैलेख जिल्ला नारायण नगरपालिका वडा नं २ जारकोट टोलमा बसोबास गर्ने ३० वर्षको सेतु कुमारी सार्कि एक व्यवसायीक किसानको रुपमा परिचित छन् । घरपरिवारमा श्रीमान्, २ छोरा, १ छोरी र १ बुहारी गरि ६ जनाको परिवार संख्या रहेको छ । सेतुको परिवारमा ४ जना माध्यमिक विद्यालय पढ्ने विद्यार्थि छन् । आम्दानिको श्रोत केहिपनि नभएकाले पारिवारिक रुपमा एकदम दयनीय अवस्थामा आई कमाउनका लागि उनको श्रीमान् भारत जानुपर्ने वाध्यता थियो । पैतृक सम्पतिको रुपमा ७ रोपनी जमीन र एउटा सानो घर थियो घर खर्च चलाउनको लागि दैनिक ज्यालादारिमा जानुपर्ने वाध्यता सेतको परिवारमा थियो ।

वि. सं. २०७२ सालमा भेटनरी जेटिए अध्ययन गरि सकेर व्यावसायिक किसान बन्छु भन्ने उद्देश्यले आफुसंग भएको २ रोपनी जग्गामा बेमौसमी तरकारि खेती सुरु गरेको थिए । सुरुको पहिलो वर्षमा ३० केजी जति टमाटर बेचि रु ६०० रुपैया कमाएकी सेतु अहिले आएर व्यावसायिक रुपमै तरकारी खेति गर्न थालेको बताउछन् । पछि आएर उनले वि.सं. २०७७ सालमा कृतिदेवल बहुउद्देश्यीय सहकारी संस्था मार्फत कृषि क्षेत्र विकास कार्यक्रमसंग आबद्द भएर सहलगानीमा काम गर्न सुरु गर्नु भयो । सहकारी मार्फत बेमौसमी तरकारी खेति र खसीबोका मुल्य श्रङ्खलामा १५४ जना सदस्य काम गरिरहनु भएको छ । कृषि क्षेत्र विकास कार्यक्रम मार्फत प्राविधिक तालिममा सहभागी भई प्लाष्टिक टनेल निर्माण, एकीकृत शुत्रजीव व्यवस्थापन, नयाँ प्रविधिको प्रयोग सम्बन्धि जानकारी लिनुका साथै सिलपोलिन प्लाष्टिक किरा छेक्ने जाली, सिचाई ड्रम, मल्चिङ्ग प्लाष्टिक, UV डोरि, विषादी छर्ने स्प्रेअर, हजारी क्यारेट र कोकोपिट नर्सरी ट्रे साम्रगी सहलगानीमा सहयोग पाएपछि व्यावसायिक तरकारी खेति गर्न सुरु गर्छिन । सेतु बिकले अहिले आफैले निर्माण गरेका ३ वटा प्लाष्टिक टनेलमा बेमौसमी तरकारी खेति गरिरहेको छन् । कृषि क्षेत्र विकास कार्यक्रम मार्फत संचालन गरिएको वित्तिय तथा व्यावसायीक साक्षरता कक्षाले उनीहरुलाई वित्तिय ज्ञान, समुह परिचालन सम्बन्धि जानकारी, आर्थिक स्थिति बढाउने, व्यावसायिक योजना बनाउने तरिका, लगानी कहाँ गर्ने तथा कुन व्यावसाय कुन ठाँउमा उपयुक्त हुन्छ भन्ने कुराको ज्ञान प्रदान गरि उनीहरुलाई व्यावसायीक रुपमा तरकारी खेति गर्नका लागि उत्प्रेरणा प्रदान गरेको छ । गत आव सम्म वेमौसमी तरकारी खेतिमा लागेकी सेतु बिकले यो वर्षदेखि तरकारी खेतीसंगै भैसीपालन सुरु गरि दुध बिक्रि गर्न सुरु गर्नु भएको छ । हाल आएर उनले ७ रोपनी जग्गामा व्यावसायिक रुपमा तरकारी खेतिबाट वार्षिक १ लाख २० हजार, दुध बिक्रिबाट वार्षिक १ लाख, ब्राखापालनबाट वार्षिक २० हजार तथा फलफुल बिक्रिबाट वार्षिक १० हजार रुपैया आम्दानी गरेकी छन् । उनको घरको काममा श्रीमानले सहयोग गर्छन, छोराछोरी र बुहारी बिहान कलेज जान्छन यसका र साँझबिहान व्यवसायमा सहयोग गर्छन । अहिले आएर मैले व्यवसायको साथै सहकारीमा प्रति महिना १५ हजारको जागिरमा काम गर्ने गरेको छु । आफनो व्यावसायबाट बार्षिक २ लाख ५० हजार आम्दानी गरि २ लाख बराबरको सुन खरिद गरेको र घर खर्च कटाएर ६० हजार रुपैया जम्मा गरेको सुनाउछन् । उनले भनीन, श्रीमानका कमाईबाट ३ रोपनी जति जग्गा किनेको छु । गत वर्षमा टिमुर, कागति, आप जस्ता फलफुलको बेर्ना रोपेको छु । यसबाट आम्दानी सुरु हुन केहि समय लाग्नेछ ।

सेतु सार्की आफनो बिगतको कहानी सुनाउदै भन्छिन, कुनै बेला यस्तो समय पनि थियो हामीले उत्पादन गरेका तरकारीहरु कसैले किन्दैनथे नत हामीले बेच्ने आँट नै गर्थौ । उत्पादन गरेको दुध बजारमा बिक्रि हुदैन्थ्यो । परिवारमा हातमुख जोडने अरु कुनै बिकल्प थिएन् । श्रीमानको परदेशको कमाई र आफनो कहिलेकाहिको ज्यालादारीले परिवारमा गुजारा चलाउने काम भएको थियो । जब मैले कृषि क्षेत्र विकास कार्यक्रममा सहजकर्ता भई तालिम लिने अवसर पाए त्यसपछि म भित्र व्यावसायिक काम गर्ने ईच्छाशक्ति जागेर आयो । अहिले म आफै व्यावसायिक योजना बनाउन सक्छु । कमाएर मात्र नहुने रहेछ बचत गर्नु पो ठुलो कुरा रैछ त्यो अहिले आएर सिकाई भएको छ । मैले व्यावसायमा गरेको मेहेनत र आम्दानी देखेर मेरो श्रीमान् पनि नेपालमै बसेर केहि गर्न सकिने रैछ, आफनै परिवारसंग बसेर आफनै बारिमा आम्दानि गर्न सकिने रैछ । यसरि घरमै बसेर परदेशमा गएर कमाउने पैसा कमाउन सकियो भने किन अर्काको देशमा श्रम र पसिना बगाउनु जानुपर्यो भन्नु हुन्छ । उनले भने हामीले अब कृषि फम बनाएर व्यावसाय गर्ने योजना बनाएका छौ ।यहाँ उत्पादन भएको बस्तुको लागि बजारको कुनै समस्या नै छैन हामीले गरेको उत्पादन सहकारीले सजिलैसंग किनिदिन्छ ।

अबको योजना के छ भन्दा, धेरै नै उत्पादन हुन थालेपछि अब यसको प्रशोधन प्रक्रिया (जस्तै टमाटरको सस) बनाउने आदि गर्नुपर्छ उनले भने । श्रीमान् घरमै बस्ने र व्यावसायमा सहयोग गर्ने भएपछि बाख्राको संख्या बढाई व्यावसायिक रुपमै बाख्रापालन पनि गर्ने योजना बनाएका छौ उनले भनिन् ।

तयारकर्ताः
कमला राना, कृषि प्राविधिक दैलेख
अन्तिम लेखनः
रत्नबहादुर बुढा
ज्ञान व्यावस्थापन तथा संचार अधिकृत, ASDP सुर्खेत