प्रमुख सुचनाहरु
आयोजना सम्पन्न अध्ययन सर्वेक्षणका लागि परामर्शदाताहरुको संक्षिप्त सूची तयार गरिएको सूचना           सीताकुमारी खाम्चाः मरिसकेको आशा भैँसीपालन व्यवसायले फर्कायो: इन्फो कर्णाली अनलाइन           होटल र फेन्सी पसलमा असफलतापछि गाउँ फर्केर व्यावसायिक भैँसी पालन: रातोपाटी अनलाइन           सुर्खेत विरेन्द्रनगर १२, खोरियाका महिलाहरु आत्मनिर्भरताको बाटोमा अग्रसर           व्यावसायिक भैँसीपालन दुध, गोबर र गहुँत बिक्री - गोरखापत्र दैनिक           छाकटार्ने उपायको खोजीमा बिदेसिएका पुरुष स्वदेश फर्कंदै: अन्नपुर्ण पोष्ट दैनिक           ASDP Updated Brochure in Nepali           Midline Survey Report_ASDP Surkhet           Annual Report 2022/23 (Year: Five)           लैङ्गिक कार्य सिकाई पद्वति संचालन प्रक्रिया सम्बन्धि ब्रोसर           क्यान्सर पीडित एक किसानको लोभलाग्दो कृषि क्रान्ति : रातोपाटी अनलाइन           सामुदायिक कृषि प्रसार सेवा केन्द्र (CAESC) - ब्रोसर           बाली पात्रो - ASDP सुर्खेत           पोषण कर्नर सम्बन्धि जानकारी          
सफलताका कथा

तरकारी व्यावसायले बदलिएको निशाको जीवनशैली
2022-12-21

जाजरकोट जिल्ला भेरी नगरपालिका ११, कुखुराकोट निवासी निशा आचार्यले आफनो जीवनको ३ वर्ष कृषि फर्ममा बिताएकी छन् । उमेरले ५० वर्षिया आचार्यले अहिले पनि अधिकांश समय खेत बारीमा बिताउनुहुन्छ । सुरुमा तरकारी खेति गर्दा तरकारीलाई थाक्रा राख्न बास र डोरी किन्ने पैसा नभएर सजिवनको थाक्रा र चामलको बोक्राको डोरी बनाएर कृषि पेशा गर्दै आएको विगतलाई स्मरण गर्दे उनले भनिन् अहिले आफुले कृषि व्यावसायको बारेमा गाँउमा अन्य कृषकलाई सिकाउने र विरुवा वितरण समेत गर्ने गरेको छु । कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) बाट बिजय दिदि बहिनी महिला कृषक समुहमा बेमौसमी तरकारी खेतिको लागि ५०% सहलगानीमा सेवा पाएपछि आचार्यले अहिले प्लाष्टिक घर बनाएर विभिन्न मौसम अनुसार तरकारि खेती गरि वार्षिक २ लाख बराबरको तरकारी बिक्रि गरेको बताईन ।

आचार्यले अहिले खेतबारीमा काउली, बन्दा, टमाटर, प्याजका साथ अन्य तरकारी बाली लगाउने गरेकी छन् । उनी भन्छन् आफनै बारीमा डुल्दा खुशीले मन गदगद हुन्छ । अझ बढि यसैमा समय दिएर काम गर्ने जागर चल्छ । तरकारी खेतीको साथसाथै कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) बाट सिचाईको सुविधाको लागि सिचाई पोखरी भौतिक पूर्वाधार उपआयोजनाको निर्माणले कुखुराकोट टोलमा कृषकहरुको जीवनस्तर नै परिवर्तन भएको छ । सिचाईको अभावले कृषकहरु व्यावसायिक रुपमा तरकारी खेतिमा लाग्न तयार नै थिएनन् । अहिले आएर ASDP बाट सिचाई पोखरी निर्माण भएपछि सबैजनाले व्यावसायिक रुपमा तरकारी खेति गर्न सुरु गरेका छन् ।

हिजाका दिनहरुमा उत्पादन गरेको तरकारी बिक्रि नहुने समस्या पनि कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) ले रातो पाका युवा कृषि सहकारी संस्थासंग व्यावसाय देखि व्यावसायिक सम्मको सम्झौता गरिदिए पछि अहिले बजारको समस्या नरहेको उनी बताउछन् । कहिलेकाँही धेरै तरकारी उत्पादन भएमा वा मौसम अनुसार स्थानीय खलंगा बजार र रुकुम पश्चिमको चौरझारी बजारमा लगेर बिक्रि गर्ने गरेकी छु । आफुलाई खानको लागि पहिले देखि नै तरकारी खेति गर्दै गरेको भएता पनि अहिले कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) को व्यावसायिक योजना अनुसार तरकारी खेती गर्दै आईरहेकी छु । पहिले तरकारी बालीमा रोग किरा लागेमा पहिचान नै नगरेर सिधै बजारमा पाईने रसायनिक पर्दाथ ल्याएर छर्ने गर्थे । (ASDP) का कार्यक्रममा जोडिसकेपछि अहिले आएर १०० लिटरको ड्रममा स्थानीय स्तरमा पाईने वनस्पति बाट तयार पारेको जैविक विषादीको प्रयोग गरेर रोग किरा नियन्त्रण गरेको उनी बताउछिन् । अब आउने दिनहरुमा थप १ वटा फलामको टनेल र २ वटा बाँसको टनेल निर्माण गरि आफनो तरकारी खेतीको क्षेत्र विस्तार गर्नेछु उनले भनिन् । सहयोगका लागि कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) लाई हार्दिक धन्यवाद दिन चाहान्छु ।

रत्नबहादुर बुढा
ज्ञान व्यावस्थापन तथा संचार अधिकृत, कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेत