प्रमुख सुचनाहरु
मौजुदा सुची दर्ता / अध्यावधिक गर्ने बारे सुचना           Thematic case study report on CAESC_ASDP           Thematic Case Study on GALS_ASDP           Thematic Case Study on FEBL Class_ASDP           आयोजना सम्पन्न अध्ययन सर्वेक्षणका लागि परामर्शदाताहरुको संक्षिप्त सूची तयार गरिएको सूचना           सीताकुमारी खाम्चाः मरिसकेको आशा भैँसीपालन व्यवसायले फर्कायो: इन्फो कर्णाली अनलाइन           होटल र फेन्सी पसलमा असफलतापछि गाउँ फर्केर व्यावसायिक भैँसी पालन: रातोपाटी अनलाइन           सुर्खेत विरेन्द्रनगर १२, खोरियाका महिलाहरु आत्मनिर्भरताको बाटोमा अग्रसर           व्यावसायिक भैँसीपालन दुध, गोबर र गहुँत बिक्री - गोरखापत्र दैनिक           छाकटार्ने उपायको खोजीमा बिदेसिएका पुरुष स्वदेश फर्कंदै: अन्नपुर्ण पोष्ट दैनिक           ASDP Updated Brochure in Nepali           Midline Survey Report_ASDP Surkhet           Annual Report 2022/23 (Year: Five)           लैङ्गिक कार्य सिकाई पद्वति संचालन प्रक्रिया सम्बन्धि ब्रोसर           क्यान्सर पीडित एक किसानको लोभलाग्दो कृषि क्रान्ति : रातोपाटी अनलाइन           सामुदायिक कृषि प्रसार सेवा केन्द्र (CAESC) - ब्रोसर           बाली पात्रो - ASDP सुर्खेत           पोषण कर्नर सम्बन्धि जानकारी          
सफलताका कथा

संघर्ष नै सफलता
2023-01-17

कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) नेपाल सरकारको सङ्घीय कृषि तथा पशुपन्छी विकार मन्त्रालय द्वारा संचालित कार्यक्रम हो । यस कार्यक्रममा कृषि विकासका लागि अन्तराष्ट्रिय कोष (IFAD) को आर्थिक सहयोग रहेको छ । कर्णाली प्रदेशका पहाडी र उच्च पहाडी क्षेत्रमा बसोबास गरेका जनताहरुको गरीवी तथा पोषण असुरक्षा न्यूनिकरण गरी नेपालको दिगो विकास (गरीवी विहिन र शुन्य भोकमरी) प्राप्तिमा योगदान पुर्र्याउनु यस कार्यक्रमको लक्ष्य रहेको छ ।
कर्णाली प्रदेश, दैलेख जिल्लाका ११ बटा स्थानिय तहमध्ये भगवतीमाई गाउँपालिका पनि एक हो । साथै यो गाउँपालिका क्षेत्रफलको हिसावले दैलेख जिल्लाको स्थानीय तहहरु मध्ये ५ औं मा पर्दछ । ७ वटा गाँउपालिका मध्ये तेश्रो ठूलो गाँउपालिका पनि हो । भगवतीमाई गाउँपालिका साविकका पगनाथ, रुम, मेहेलतोली, जगन्नाथ, कट्टी र बडाभैरव गा वि स समाहित गरेर स्थानिय तहको रुपमा रुपान्तरण भएको हो ।
भगवतीमाई गाउँपालिकामा कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) ले पहिलो चरण मिति २०७७∕३∕२७ गते ५ वटा समुह र दोश्रो चरण २०७९∕१०∕०९ गते १३ बटा समुहमा खसी बोका मूल्य श्रृंखलामा सम्झौता गरि काम गर्न सुरु गरेको थियो।पहिलो चरणमा सम्झौता गरेको ५ वटा समुहमध्ये भगवतीमाई गापा वार्ड नं ३ मा रहेको श्री एकता महिला तथा पुरुष बाख्रापालन समुह पनि एक हो । यस समुहमा ३० जना सदस्यहरु रहेका छन । समुह सदस्यहरु मध्ये ७५ प्रतिशतभन्दा धेरै दलित सदस्य रहेका छन । जैसरा बिक श्री एकता महिला तथा पुरुष बाख्रापालन समुहको सदस्य हुनुहुन्छ । पहिला समुहमा नजोडिदा उहाँको घरको आर्थिक अवस्था त्यति राम्रो थिएन । उहाँको परिवारमा २ छोरी २ छोरा आफुहरु श्रीमान श्रीमती गरी जम्मा ६ जना सदस्य छन् । आम्दानीको श्रोत केही नभएकाले घर व्यवहार तथा छोराछोरीका राम्रो शिक्षा दिक्षामा सहयोग पुग्ने हेतुले उहाँका श्रीमान विदेश जानुभएको थियो । उहाँसग उत्पादनको निम्ति पर्याप्त जग्गा जमिन पनि थिएन । भएको जग्गामा पनि दुख गरेअनुसारको उत्पादन हुदैनथ्यो । जब उहा ASDP मा जोडिनुभयो तव उहाँले सहलगानीबाट बाख्राको खोर बनाउनुभयो साथै बाख्राका लागि चाहिने घाँस पनि लगाउन शुरु गर्नुभयो । उहाँसँग पहिला नै ४ वटा बाख्रा थिए पछि २ वटा थपेर ६ वटा पुर्याउनुभयो । ASDP र समुह सम्झौता अनुसार उहाँले बाख्रा पालन, घाँस व्यवस्थापन, औषधी तथा रोग व्यवस्थापन आदिमा प्राविधिक तालिम लिनुभयो । त्यसपछि बाख्रापालन गर्न थप जोश जाँगर बढ्दै आयो । ASDP वाट प्रदान गरिएको वित्तिय शिक्षा तथा व्यावसायिक साक्षरत कक्षामा सहभागी भएपश्चात उहाँले पारिवारिक योजना, पारिवारिक खर्च तथा पोषण सम्बन्धी ज्ञान पनि हासिल गर्नुभयो । जोखिम कम गर्नको लागी बाख्राको विमा पनि गर्न थाल्नुभयो । यसरी व्यवसायलाई फैलाउदै गर्दा अहिले उहाँसँग माउ, खसी, बोका र पाठापाठी गरी जम्मा २१ वटा बाख्रा पुगेका छन । उक्त व्यवसाय तथा खेतीपाती आफुले मात्रै सम्हाल्न नसकेपछि अहिले श्रीमानलाई पनि विदेशवाट बोलाएर सँगै काम गर्न थाल्नुभएको छ । अहिले ४ जना छोराछोरीको पढाई खर्च तथा घरायसी खर्च कटाएर बार्षिक ९० हजारसम्म गाउँकै विभिन्न समुह सहकारीमा बचत गर्नु भएको छ ।
उहाँले अबको आफ्नो योजना एउटा फर्म दर्ता गरेर बाख्राको संख्या बढाएर अझै व्यावसायिक रुपमा विस्तार गर्ने रहेको छ भन्नुहुन्छ । अब आउने दिनमा कृषि क्षेत्र विकास कार्यक्रमबाट बजारीकरणमा सहयोग भयोभने हामी कृषकहरुलाई उत्पादित वस्तु तथा साम्रगी बिक्री गर्नका लागि सजिलो हुने थियो ।

लेखन : राजेश शर्मा, कृषि प्राविधिक, ASDP, दैलेख
टाईप तथा पुनर्लेखन : किरण न्यौपाने, M&E अफिसर, ASDP, जुम्ला