प्रमुख सुचनाहरु
मौजुदा सुची दर्ता / अध्यावधिक गर्ने बारे सुचना           Thematic case study report on CAESC_ASDP           Thematic Case Study on GALS_ASDP           Thematic Case Study on FEBL Class_ASDP           आयोजना सम्पन्न अध्ययन सर्वेक्षणका लागि परामर्शदाताहरुको संक्षिप्त सूची तयार गरिएको सूचना           सीताकुमारी खाम्चाः मरिसकेको आशा भैँसीपालन व्यवसायले फर्कायो: इन्फो कर्णाली अनलाइन           होटल र फेन्सी पसलमा असफलतापछि गाउँ फर्केर व्यावसायिक भैँसी पालन: रातोपाटी अनलाइन           सुर्खेत विरेन्द्रनगर १२, खोरियाका महिलाहरु आत्मनिर्भरताको बाटोमा अग्रसर           व्यावसायिक भैँसीपालन दुध, गोबर र गहुँत बिक्री - गोरखापत्र दैनिक           छाकटार्ने उपायको खोजीमा बिदेसिएका पुरुष स्वदेश फर्कंदै: अन्नपुर्ण पोष्ट दैनिक           ASDP Updated Brochure in Nepali           Midline Survey Report_ASDP Surkhet           Annual Report 2022/23 (Year: Five)           लैङ्गिक कार्य सिकाई पद्वति संचालन प्रक्रिया सम्बन्धि ब्रोसर           क्यान्सर पीडित एक किसानको लोभलाग्दो कृषि क्रान्ति : रातोपाटी अनलाइन           सामुदायिक कृषि प्रसार सेवा केन्द्र (CAESC) - ब्रोसर           बाली पात्रो - ASDP सुर्खेत           पोषण कर्नर सम्बन्धि जानकारी          
सफलताका कथा

सुध्रिन्छ पोषण र आम्दानी, गरे पोषण बगैचामा लगानी
2023-02-22

कृषि क्षेत्र बिकास कार्यक्रम (ASDP) लाई पोषण सम्बेदनशील बनाउन विभिन्न कार्यक्रमहरु जस्तै: पोषण प्रर्वद्वन सचेतनाको कार्यक्रम, पोषण शिक्षा तथा प्रसार साम्रगी निर्माण तथा प्रकाशन/प्रसारण, पोषण सहजकर्ताहरुको लागि प्रक्षिक्षक प्रशिक्षण तालिम र कृषकहरुको लागि पोषण स्कुल संचालन गर्दै आइरहेको छ l पोषण सुरक्षाको लागी लक्षित बर्गको ब्यबहार परिबर्तन गर्न सूचना तथा संचार प्रविधिको प्रयोग गरि लक्षित घरपरिवार र समुदायहरुमा पोषण जनचेतना अभिबृद्धिका कार्यक्रमहरुलाई कार्यान्वयन गर्दै आइरहेको छ l पोषण बगैचामा विभिन्न किसिमका तरकारी, फलफुल, मसलाबाली जडिबुटी साथै पोषण बगैचामा आधारित पशुपंन्छी पालनलाइ समेत ब्यबस्थित गरि खाद्य बिबिधता पर्यावरण र जीविकोपार्जनलाइ बिशेष प्राथमिकता दिएको हुन्छ l घरपरिवारको पोषण सुरक्षामा गरिने क्रियाकलापमा किशोरीहरुको पोषण सहभागितामा बिशेष जोड दिईने छ l यसै सन्दर्भमा परिवारको दैनिक आबश्यकता पुरा गरेर परनिर्भरता कम गराई खाध्य सुरक्षा, जीविकोपार्जन, पोषण र उत्पादनमा योगदान पुर्याउन सक्ने बहु-लाभप्रदायक बगैचा स्थापना तथा प्रदर्शनीका लागि ASDP ले जलवायु संवेदनशिल नमुना पोषण बगैचा स्थापनाका लागि अगुवा किसान छनौट गरि स्थापना गर्न कार्यक्रम गर्दै आएको छ जसको राम्रो उदाहरणको रुपमा सिद्धकुमाख गाउँपालिका-१, धनेटाकुरामा विष्णु प्रसाद बुढाथोकीको खेतबारीमा स्थापना भएको नमुना पोषण बगैचालाई लिन सकिन्छ । कृषि क्षेत्र विकास कार्यक्रम पोषण संबेदनशिल मूल्य श्रृखला कार्यक्रम भएको हुदा यस कार्यक्रमले मूल्य श्रृखला विकासका कार्यक्रमको साथसाथै घरपरिवार तहको पोषणमा समेत काम गर्दछ। घर परिवार तहको पोषणका लागि कार्यक्रममा आवद्ध समूहका महिलाहरुलाई लक्षित गरि पोषण पाठशाल संचालन गर्दछ जसमा पोषण सम्बन्धि तालिम प्राप्त महिला स्वास्थ्य स्वयमसेविकाहरुले सहजीकरण गर्नुहुन्छ। कृषि क्षेत्र विकास कार्यक्रमले परिकल्पना गरको जलवायु सम्बेदनशील नमुना पोषण बगैचा भित्र के के क्रियाकलाप पर्दछन र के कसरी नुमना पोषण बगैचा स्थापना गर्न सकिन्छ भनेर बुझ्न कार्यक्रम समन्वय इकाई, सल्यान अन्तरगत रहेको धनेटाकुरा वाख्रापालन कृषक समूहका अध्यक्ष बिष्णु प्रसाद वुढाथोकीले कार्यक्रमको सहयोगमा निर्माण गर्नु भएको जलबायु संबेदनशिल नमुना पोषण बगैचाको वारेमा चर्चा गर्नेछौ

परिवारको दैनिक आवश्यकता पुरा गरेर खाद्य पदार्थको परनिर्भरता कम गराउनुका साथै खाद्य सुरक्षा, जीविकोपार्जन, पोषण र उत्पादनमा योगदान पुरयाउन सक्ने बहु-लाभप्रदायक कृषिजन्य उत्पादनमा जलबायु परिबर्तनका कारणले हुनसक्ने जोखिमहरुको ब्यबस्थापन सहितको बगैचालाई जलबायु संबेदनशील पोषण बगैचा भनिन्छ । यस वगैचामा जालबायु परिबर्तनबाट पोषण बगैचामा पर्न सक्ने सामान्य असरहरु मनसुनी पानीको असन्तुलन, बिश्वब्यापी तापमानको असरहरु, सिचाईका श्रोतहरु सुक्न सक्ने अबस्थाहरु, उत्पादनको आकार, तौल, गुणस्तर, उत्पादनमा कमि, अर्गानिक उत्पादकत्त्वको कमीले हुने प्रतिकुल उत्पादन असर, रसायनिक मलको असर, आदि जस्ता कुराहरुलाई विभिन्न जलबायु सम्बेदनशील क्रियाकलापहरु मार्फत न्यूनीकरण गर्दै पोषण बगैचामा विभिन्न किसिमका तरकारी, फलफूल, मसलाबाली, जडिबुटी, डाले घाँस साथै पोषण बगैचामा आधारित पशु-पंन्छी पालनलाई समेत ब्यबस्थित रुपमा उत्पादन गरेर दैनिक रुपमा आबश्यक पर्ने आधारभूत तथा आबश्यक पोषणहरु पाइने खाद्यवालीहरु प्राप्त गरिएको हुन्छ। बिष्णु प्रसाद वुढाथोकीले आफ्नो खेतबारीमा स्थापना गर्नु भएको नमुना पोषण बगैचाको बारेमा कुराकानी गर्न कृषि क्षेत्र विकास कार्यक्रमका लैङ्गिक समानता तथा पोषण अधिकृतसंग उहाले गरको कुराकानीको केहि अंश, "बिभिन्न प्रकारको तरकारी खेति पहिले देखि नै गरेको थिए । कृषि क्षेत्र विकास कार्यक्रमले समूहका सदस्यहरुका लागि पोषण पाठशाला र पोषण सचेतना कार्यक्रम संचालन गर्यो । जसले म लगाएत समूहका सदस्यहरुलाई पोषणका वारेमा धेरै जानकारी भयो । कार्यक्रमले जलवायु संबेदनशिल पोषण वगैचा बनाउनु पर्ने रहेछ, सोहि अनुसार मलाई सो कार्य गर्नका लागि प्रस्ताव आयो र मैले नमुना पोषण वगैचा निर्माण गर्ने निधो गरे। यो नमुना पोषण बगैचा सल्यान जिल्लाकै नमुना होस भन्ने चाहन्छु।त्यसैले यसको लागि धेरै मेहेनत गरेको छु।

पोषण वगैचामा बालि बिबिधताका लागि तरकारी फलफुल र मसला बाली उत्पादन तथा माछा पालन र पशुपालन गरेको छु। तरकारी बाली अन्तर्गत चौमासे सिमि, करेला, बोडी, भेडे खुर्सानी, राजमा, भिन्डी, काक्रा, घिरौला, बन्दा, काउली, गाजर उत्पादन गरको छु । त्यस्तै फलफुलमा कागती, अनार, सेरा, अम्वा, आप, हलुवाबेद, मेवा आदि रोपेको छु । त्यसैगरि मसला बाली अन्तर्गत अदुवा, बेसार, खुर्सानी, टिमुर, लसुन, प्याज धनिया उत्पादन गरेको छु । बर्षाको समयमा उत्पादन गर्न निकै कठिनाइ हुने हुदा प्लाष्टिक टलेल निर्माण गरि तरकारी खेति गरेको छु। हाल टनेलमा टमाटर रोपेको छु ।

नमुना पोषण बचैचा 'नमुना' कै रुपमा रहोस भन्ने चाहनाले तरकारी आदिलाई बर्षै भरि पानीको ब्यवस्था गर्न पोखरी बनाएर सोहि पोखरीमा माछा पालन पनि गरेको छु । हाल पोखरीमा ५०० भन्दा बढि ग्रास कपर जातको माछाको भुरा छाडेको छु। कुखुरा पहिले देखि पालन गरको थिए, पोषण बगैचा निर्माण पश्चात प्रोटिन युक्त खाद्य तथा अण्डा उत्पादनको लागि हाँस पालन शुरु गरेको छु, अहिले म संग २ वटा हाँस पनि छन। मेरो घरमा साना नाति नातिनि छन, अण्डा प्रोटिनको राम्रो स्रोत रहेको र यसले बाल बालिका, किशोरी, सुत्केरी, गर्भवती लगायत सबैका लागि अति महत्वपुर्ण आहाराका रुपमा हुने भएकोले अहिले मैले अण्डा लगायत पशु जन्य प्रोटिन उत्पादनमा जोड दिन थालेको छु । नमुना पोषण बगैचा निर्माणको लागि कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) वाट रु.२५०००. सहयोग रकम पाए। यी सम्पुर्ण कार्यका लागि उक्त रकम पर्याप्त त थिएन तर गरे पछि फाइदा आफैलाई हो भन्ने लाग्यो साथै ASDP को कार्यालयवाट आउने पोषण अधिकृतको निरन्तर प्रेरणा र हौसलाले थप केहि लगानी गरेर ब्यबस्थित रुपमा उत्पादन गर्ने प्रेरणा मिल्यो र नमुना पोषण बगैचा स्थापना गरे उनले भने । पोषण बगैचाबाट उत्पादन भएको चिजबिजहरु घरमै खपत गरिरहेका छौ र वढि भएको उत्पादन तरकारी तथा बालीवस्तुहरु नजिकैको मोखला बजारमा बिक्रि गरेर आम्दानि गरिरहेका छौ। पोषण बगैचा बनाए पछि हाम्रो परिवारको खानपिनमा समेत परिवर्तन भएको छ । पहिले हामीले बारीमा तरकारी भए तरकारी खाने नभएमा दालभात आलु पकाउने खाने गर्थ्यौ भने अहिले खानामा पोषणयुक्त परिकार छ छैन बिचार गर्ने भएका छौ ।

पोषण बगैचा भनेर ब्यबस्थित रुपमा पोषिला बालिबस्तुको उत्पादन गर्दा मलाई ब्यावसायिक रुपमा खेति गरि बिक्रि गर्ने प्ररेणा समेत मिलेको छ। त्यसैले अरु थप प्लाष्टिक घर बनाएर तरकारी खेति योजना रहेको छ। नमूना पोषण बगैचा निर्माण गरे पछि समूह तथा ASDP कार्यक्रमबाट पोषण बगैचा हेर्न आउने हुदा पोषिला बालि विविधता हुने गरि निरन्तर उत्पादन गरिरहेको छु, जसले एकातिर हेर्न आउनेलाई देखाउन पाईएको छ भने आफुले पनि मिठो खान पाइएको छ। यसले मलाई परिश्रमी बनाएको छ भने बाहिरबाट किनेर खाने पैसा समेत बचत भएको छ । पोषण बगैचा बनाए पश्चात सबै कुरा भयो दुध भएन भन्ने लागेर आफ्नै खर्चमा भैसी खरिद गरि हाल दुध उत्पादन गरि बिक्रि समेत गरिरहेको छु । दैनिक १० लि दुध बिक्रि गर्ने गर्दछु। कृषि क्षेत्र विकास कार्यक्रमको सह-लगानीमा सुधारिएको बाख्रको खोर निर्माण गरि बाख्रा पालन पनि गरेको छु । अहिले म संग २ वटा बोका सहित ९ वटा खसि तथा माउ बाख्रा छन्, यसलाई पनि नमुना पोषण बगैचाकै एउटा अंगको रुपमा विकास गरिरहेको छु ।

नमुना पोषण बगैचा अन्तरगत पालन गरेको माछाले आगामी दिनमा राम्रो आम्दानी गराउछ भन्ने आशा छ भने तरकारी खेती, दुध बिक्रि र खसिबोका बिक्रि गरेर घर परिवारको पोषणमा सुधार हुनुको साथै आयस्तरमा समेत सुधार भएको महसुस गरेको छु र यसमा परिवार लगायत समुदायका छरछिमेकले पनि राम्रो मानेर हौसला दिनुभएको छ र समुहका अरु सदस्य घरमा आएको बेला हेरर यस्तै गर्नु पर्ने रहेछ भन्ने कुरा महसुस गरि अरुलाई पनि यसवाट प्ररणा मिलेको छ । अन्तमा कृषि क्षेत्र विकास कार्यक्रमलाई बहुबिषयक कार्यक्रम ल्याएकोमा समूहको तर्फवाट तथा मेरो व्यक्तिगत तर्फबाट पनि धन्यवाद दिन चाहन्छु।"

संकलन तथा लेखन
सन्तोष दुवे
लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा पोषण अधिकृत
कृषि क्षेत्र विकास कार्यक्रम, कार्यक्रम समन्वय इकाई, सल्यान