नेपालको दुर्गम मानिने कर्णाली प्रदेश जहाँ विकासका प्रयासहरुको प्रशस्त खाँचो छ । अहिले पनि कर्णालीका अधिकांश महिलाहरु पिछडिएको अवस्थामा रहेको देखिन्छ तसर्थ उनीहरुलाई मुलधारमा ल्याउन विभिन्न क्षमता अभिवृद्धि लगायतका सचेतनामुलक कार्यक्रम लागु गरि महिला सशक्तीकरणको आवश्यकता छ । यस्तै महिला सशक्तिकरणको उदाहरण बनेकी छन् गिता, कर्णाली प्रदेशको १० जिल्ला मध्ये रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका वडा नं.-१४, छिबाङ्ग लौरीबाङ्गकी गिता कुमारी ओली बिष्ट पेशाले एक किसान हुन । उनको परिवारको मुख्य पेशा एवं आयआर्जनको मुख्य स्रोत खेतीपाती नै रहेको छ । परिवारमा उनी लगायत उनको श्रीमान, एक छोरा, एक छोरी र सासु सहित ५ जना छन् । उनले परम्परागत तथा सिर्जनशील रुपमा खेतीपाती गरेर खासै आम्दानी गर्न नसकेकोले घर परिवारको खर्च टार्न पनि धौ धौ पर्ने हुनाले दुःख र परिश्रममै आफ्नो जिन्दगी बिताईरहेकी थिईन । छोराछोरीहरुलाई पढाउन लेखाउन र बिहान बेलुका हातमुख जोडन् पनि गाह्रो हुने गर्दथ्यो । परिवारले यति दुःख पाएको देखेर श्रीमान टिकारामले २ बर्ष अगाडी पैसा कमाउन विदेश जाने भनि तैयारी गर्न लागे र आजाद भिसामा कतार पनि गए तर काम नपाएर फर्कनु पर्यो भयो। १२ कक्षासम्म पढेकि उनी सानै देखी हिम्मतीलो थिईन, उनले आफ्नो श्रीमानलाई दुःखी नहुन र आफ्नै गाउँ घरमै खेतीपाती गरेर केही गर्ने हौसला दिएर सम्झाई बुझाई गरिन ।
उनी बेलीबिस्तार लगाउँदै भन्छिन, आफु र आफनो समुदायलाई उकास्न केहि गर्नुपर्छ भनि छिबाङ्ग साना किसान कृषि सहकारी संस्था लिमिटेडसंग समन्वय तथा समुदायमा सहजिकरण गरेर छिबाङ्ग साना किसान कृषि सहकारी संस्था लिमिटेडको ५ वटा अन्तर समुहहरुलाई केहि बर्ष अगाडि मिलान गरि सो सहकारीको उप-समुह गठन गरि जसमा २ जना पुरुष र २७ जना महिला गरि २९ जना सदस्य रहेको उपसमुहमा सचिव रुपमा काम गरे । उनी भन्छिन, हाम्रो समुह गठन भै सकेको भए पनि कहि कतैवाट केहि सहयोग वा क्षमता अभिवृद्धि लगायत कुनै गतिविधि तथा प्राविधिक सहयोगको अभावमा खासै केहि गतिविधिहरु गर्न सकेका थिएनौं यसले गर्दा समुहका सदस्यहरुको कृषि तथा ब्यवहारिक ज्ञान र क्षमतामा पनि निकै कमी रहेको थियो । आफ्नो जिविकोपार्जनका लागि मौसम अनुसार तथा पराम्परागत रुपमा खेतीपाती गर्दै आएका थियौं । यसवाट एक सिजनमा रु.१५ हजार सम्म कमाई हुन्थ्यो। समुहको अरु सदस्यको पनि अवस्था उस्तै थियो, उनी भन्छिन, करिब दुई बर्ष अगाडि एक दिन समुहको अध्यक्षले बैठकका लागि बोलाएको र बैठकमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कर्णाली प्रदेशका साना किसानहरूलाई लक्षित गरेर कृषि क्षेत्र विकास कार्यक्रम आएको कुरा थाहा पायौं। कार्यक्रमले बेमौसमी तरकारी खेती, दुग्ध उत्पादन, खसी बोका लगायत विभिन्न मुल्य श्रृखंलामा सहलगानी गर्ने कुरा बैठकमा छलफल भयो साथै ब्यक्तिगत ज्ञान तथा क्षमता अभिवृद्धि, वित्तिय साक्षरता कक्षा, पोषण सुधारका लागि पोषण पाठशाला र पोषण बगैचा निमार्णका लागि बिउ बिजन सहयोग लगायतका थुप्रै राम्रा कुराहरु कार्यक्रमले समावेश गरेको थाहा पाएपछि मन मनै कार्यक्रममा समावेश हुने कुरा सोच्दै यसलाई अवसरको रुपमा लिने निधो गरिन । उनी कुरालाई अगाडी बढाउदै भन्छिन, समुहले पेश गरेको प्रस्ताव स्वीकृत भएपछि कार्यक्रमको अभिमुखिकरण लगायत कृषि क्षेत्र विकास कार्यक्रमवाट आउने कर्मचारीहरुले के कसरी क्रियाकलापहरु गर्ने भन्ने बारेमा बताउनु भयो, बेमौसमी तरकारी खेती अन्तरगत थोपा सिंचाई सहितको प्लाष्टिक घर निर्माण, स्प्रेयर, नर्सरी ट्रे, बिउ, मल, प्राविधिक तालिम, बाली बिमा, सेवा खरिद लगायतका विषयमा कार्यक्रमले सहलगानी गर्ने कुरा बताँउनु भयो । उनि थप्छिन, पछि कार्यक्रमवाट बेला बेलामा सर म्याडमहरु आउदै प्लाष्टिक घरमा तरकारी खेती गर्नुको फाईदा लगायत प्राविधिक र अन्य थुप्रै विषयमा सिकाउनु भयो साथै थप प्राविधिक ज्ञानको लागि कार्यक्रमको सहलगानी मै बेमौसमी तरकारी खेती र कृषि सम्बन्धि विषयमा तालिम राखेको थियो । जसवाट प्लाष्टिक घरको फाईदा र मौसममा मात्र हैन बेमौसममा पनि तरकारी खेती तथा बिउ उत्पादन गरि थप आय-आर्जन गर्न सकिने वारे थाहा पायौं । पहिले हामीलाई प्लाष्टिक घरमा तरकारी उत्पादन गरेर रोग किरा तथा मौसमी प्रभावलाई कम गरि उत्पादकत्व बढाउन सकिन्छ भन्ने बारे थाह नै थिएन साथै आधुनिक तथा ब्यावसायिक रुपमा तरकारी खेती बारे ज्ञानको कमी थियो तर अहिले कृषि क्षेत्र विकास कार्यक्रमले गर्दा ज्ञान सिप र क्षमता पनि बढेको कुरा बताउँछिन । यसरी गिता यी सब कुरा थाहा पाए पछि मेहनत गर्दै आफु र आफ्नो समुहका सदस्यहरुलाई प्लाष्टिक घर निर्माण गर्न र निरवाहमुखी खेतीपातीवाट व्यवसायिक खेती गर्न प्रेरित समेत गरिन र समुहमा सामग्रीहरु खरिद गर्ने प्रक्रियामा समेत सहजिकरण गरेर आफ्नो २ वटा प्लाष्टिक घर पनि बनाईन । अहिले उनी ज्ञान सीप तथा तालिमको सदुपयोग गर्दै प्लाष्टिक घर भित्र र बाहिर दुवैमा बेमौसमी तरकारी खेती गर्न थालेकी छिन साथै काउली, प्याज र रायोको बिउ उत्पादन समेतमा लागेकी छिन । गिता भन्छिन, अहिले हामी एक सिजनमा मात्रै तरकारी तथा विउ विजन विक्री गररे ६० देखि ७० हजार सम्म आम्दानी गर्छौ । उनी भन्छिन यहाँ तरकारी खेतीको लागी राम्रो सम्भावना छ तर पर्याप्त पानीको लागि सिंचाईको ब्यवस्था नभएकोले पानीको समस्या छ, यदि पानीको समस्या सामाधान हुन सके उत्पादकत्वमा थप वृद्धि गरेर यस क्षेत्रको किसानहरुको आम्दानीमा वढाउन सकिने संभावना रहेको छ ।
गिता भन्छिन, कृषि क्षेत्र विकास कार्यक्रमले विभिन्न मूल्य श्रृंखलामा सह-लगानी गर्ने संग संगै महिलाहरुलाई लक्षित गरि वित्तिय शिक्षा तथा ब्यावसायिक साक्षरता कक्षा, पोषण पाठशाला, लैङ्गिक कार्य सिकाई पद्दती र पोषण सचेतना तथा प्रवर्द्धन अभियान कार्यक्रम पनि समावेश गरेको छ । यसका साथै बैंक तथा वित्तिय संस्थाहरुसंग समन्वय गरि समुहहरुलाई आफ्नो उत्पादकत्व बढाउन ऋणका लागि पनि सहजिकरण गर्ने गर्दछ । कार्यक्रमले उनको क्षमता अभिवृद्धि गर्न पनि मद्दत गरेको कुरा यसरी राखिन, करिब एक बर्ष अगाडी कार्यक्रमले वित्तिय शिक्षा तथा ब्यवसायिक साक्षरता कक्षा सहजिकरण गर्न सहजकर्ताहरुलाई दिईने ८ दिने तालिममा म पनि सहभागि हुन पाए र हाल आफ्नो समुह सहित त्यहाँका २ वटा अन्य समुहमा समेत सहजकर्ताको रुपमा सहजिकरण गर्दै, वित्तिय शिक्षा तथा ब्यावसायिक साक्षरताका विविध विषयहरु ऋण, बचत, लगानी, ब्यवसाय संग संगै महिला समानता लगायतका थुप्रै विषयमा समुहका महिलाहरुलाई सहजीकरण गर्दै उनीहरुको सचेतना र ज्ञान अभिवृद्धि गर्न मद्दत गर्दै आएको छु । उनी भन्छिन, वित्तिय शिक्षा तथा ब्यावसायिक साक्षरता कक्षाले आफु लगायत समुदायको अन्य महिलाको सचेतना र ज्ञानको स्तर मात्र हैन आफ्नो जीवन स्तर उकास्न पनि मद्दत गरेको छ । वित्तिय शिक्षावाट सचेतना अभिवृद्धि भएर आफ्नो नाउँमा बैंक खाता हुनुपर्दछ भन्ने जागरुकता गराएको हुनाले मैले आफ्नो नाउँमा बैंक खाता पनि खोलेको छु र अन्य सदस्यहरुको बैंक खाता खोल्न पनि सहजीकरण गरेर अहिले सो समुहका अधिकांश महिलाको बैंक खाता खुलेको कुरा बताईन । समुहमा सहभागी भए पश्चात हाल आएर बाली विमाको कुरा पनि थाहा भयो ।
हाल कार्यक्रमले मुसीकोट नगरपालिकाका किसानहरुको उत्पादकत्वमा वृद्धि भएको र तरकारी उत्पादनको लागि राम्रो सम्भावना देखेर सिंचाई कुलो निर्माणका लागि योजना अगाडि बढाईएको छ । यसरी कार्यक्रमले सिंचाई कुलो निर्माण गर्न लागेको कुरा थाहा पाएर गिता लगायत त्यहाँका किसानमा खुशी छाएको छ र उनीहरु भविष्यमा तरकारी उत्पादनमा दिगो रुपमा सहयोग पुग्ने कुरामा आशावादी भएको बताउँछिन। आउने दिनमा थप प्लाष्टिक घर लगायत तरकारी खेती विस्तार गर्ने र बालीमा हुने भवितब्यको क्षतिवाट जोगिनलाई बाली बिमा गर्ने योजना रहेको र कृषि क्षेत्र विकास कार्यक्रमले सहजिकरण गरि बैंक तथा वित्तिय संस्थाहरु ऋणका लागि समन्वय पनि गरिदिएकोले समुहमा ऋण परिचालन गरि उत्पादकत्व वढाउने कुरा राख्दै अन्तमा बहु-विषय समेटिने कार्यक्रम ल्याएकोमा कृषि क्षेत्र विकास कार्यक्रमलाई समेत धन्यवाद दिदै गिता भन्छिन, अब यसै ब्यवसायलाई राम्रोसंग अगाडी बढाउनु छ । उनी थपछिन, आफ्नो ज्ञान सिप तथा क्षमतामा अभिवृद्धि हुन सके महिलाले पनि आफ्नो परिवार र समुदायको लागि महत्वपुर्ण भुमिका खेल्न सक्छिन। महिलाले पनि चाहे आफ्नो अवस्थामा परिवर्तन ल्याउने कुरामा उनी विश्वस्त छिन । उनी समग्रमा कार्यक्रमको बारेमा आफ्नो विचार यसरी राखछिन “शुरु शुरुमा यो कार्यक्रम झनझटिलो र गाह्रो देखिए पनि मिहनेत गर्ने किसानहरुका लागि असाध्यै राम्रो छ । यसले सहलगानी मात्रै गर्दैन समुह तथा समुहका सदस्यहरुको ज्ञान सिप तथा क्षमता अभिवृद्धि गर्नुका साथै पोषण सुधार र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका विषयमा समुदायको सचेतना अभिवृद्धि गरि संवेदनशिलताका साथ लागु गर्दछ । गिताको अवस्थामा पहिलेको तुलनामा परिवर्तन आएको देखिन्छ, उनी महिला भएर पनि समुदायको मानसिकतालाई चिर्दै आफ्नो परिवारको जीवन निर्वाहमा महत्वपुर्ण भुमिका खेल्दै समुदायका महिलाहरुलाई पनि जागरुक गराउँदै महिला सशक्तिकरणमा भुमिका खेल्दै परिवर्तनको संवाहक बनेको देख्न सकिन्छ ।
संकलन तथा लेखनः
सन्तोष दुवे
लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा पोषण अधिकृत
कृषि क्षेत्र विकास कार्यक्रम, इकाई कार्यालय सल्यान