प्रमुख सुचनाहरु
मौजुदा सुची दर्ता / अध्यावधिक गर्ने बारे सुचना           Thematic case study report on CAESC_ASDP           Thematic Case Study on GALS_ASDP           Thematic Case Study on FEBL Class_ASDP           आयोजना सम्पन्न अध्ययन सर्वेक्षणका लागि परामर्शदाताहरुको संक्षिप्त सूची तयार गरिएको सूचना           सीताकुमारी खाम्चाः मरिसकेको आशा भैँसीपालन व्यवसायले फर्कायो: इन्फो कर्णाली अनलाइन           होटल र फेन्सी पसलमा असफलतापछि गाउँ फर्केर व्यावसायिक भैँसी पालन: रातोपाटी अनलाइन           सुर्खेत विरेन्द्रनगर १२, खोरियाका महिलाहरु आत्मनिर्भरताको बाटोमा अग्रसर           व्यावसायिक भैँसीपालन दुध, गोबर र गहुँत बिक्री - गोरखापत्र दैनिक           छाकटार्ने उपायको खोजीमा बिदेसिएका पुरुष स्वदेश फर्कंदै: अन्नपुर्ण पोष्ट दैनिक           ASDP Updated Brochure in Nepali           Midline Survey Report_ASDP Surkhet           Annual Report 2022/23 (Year: Five)           लैङ्गिक कार्य सिकाई पद्वति संचालन प्रक्रिया सम्बन्धि ब्रोसर           क्यान्सर पीडित एक किसानको लोभलाग्दो कृषि क्रान्ति : रातोपाटी अनलाइन           सामुदायिक कृषि प्रसार सेवा केन्द्र (CAESC) - ब्रोसर           बाली पात्रो - ASDP सुर्खेत           पोषण कर्नर सम्बन्धि जानकारी          
सफलताका कथा

पहिले उत्पादनकर्ता, अहिले व्यापारी
2023-04-20

कालिकोट जिल्ला खाडाचक्र नगरपालिका वार्ड नं ५ गरुवा बस्ने बर्ष ३३ का टेक बहादुर कार्कीको घरमा आमा बुवा, भाई, ३ छोरी र श्रीमान श्रीमती गरी जम्मा ८ जनाको परिवार छ । विगतमा आफ्नो घर खर्च चलाउनको लागि भारतको सिमला सम्म जानुपर्ने बाध्यता टेक बहादुरको परिवारमा थियो । टेकबहादुरले परिवारका सदस्यहरुलाई आवश्यक पर्ने लुगाफाटो, नुन, तेल, चिनी तथा औषधी उपचारसम्मको खर्च आफनो मजदुरीबाट चलाईरहेका थिए । यस्तो प्रक्रिया लगभग ५ बर्ष नै चलिरह्यो । उनले सिमलामा स्याउ, बन्दा, काउली आदिको बगैचाँमा काम गर्दा गर्दै तरकारी खेती गर्ने ईच्छा जागृत हुदै गयो । त्यसपछि उनी २०७४ सालमा आफ्नो घर फिर्ता हुन्छन । भारतबाट घर फर्केको वर्ष नै श्री नैलनदेव कृषक समुह गठन गरी उनी त्यो समुहको सचिव पदमा रही काम गर्न थाल्छन् । यसै क्रममा २०७४÷७५ सालमा कृषि विकास कार्यालयबाट उनको समुहले रु २ लाख ५० हजारको अनुदानमा बेमौसमी तरकारी खेती गर्न सुरु गर्यो। वि.सं. २०७५÷७६ मा जव कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) ले ईच्छुक विभिन्न मूल्य श्रृंखलामा सहलगानीको लागि समुह मार्फत काम गर्न भनी आशयपत्र आव्हान गर्यो तव उनको समुहले पनि सहलगानीमा काम गर्नको लागि आशयपत्र पेश गर्यो । त्यसपछि उनको समुह छनोट भई कृषि क्षेत्र विकास कार्यक्रमसँग बेमौसमी तरकारी खेती श्रृंखलामा २०७७ साल असार ३० गते सम्झौता पनि भयो ।

यस समुह नैलनदेव कृषक समुहमा जम्मा २४ जना सदस्यहरु रहेका छन जसमा ८ जना पुरुष तथा १६ जना महिला रहेका छन । सम्झौता भएपछि विस्तारै मौसमी तथा बेमौसमी तरकारी खेतीमा उत्पादन वृर्दि हुदै गयो । सचिव टेक बहादुर कार्कीले विस्तारै अन्य खाद्यान्न बाली लगाउने ठाउँमा पनि बेमौसमी तरकारी खेती गर्ने योजनाका साथ क्षेत्रफल विस्तार गर्दै जान्छन् जसले गर्दा अन्य बाली धान, मकै, गहुँको तुलनामा मौसमी तथा बेमौसमी खेती उत्पादनको आम्दानी ५ गुणासम्मले वृर्दि भयो । उनले मौसमी खेतीमा बन्दा काउली तथा टमाटर लगाएका थिए भने बेमौसमी खेतीमा प्लाष्टिक टनेल बनाएर टमाटर, काक्रो तथा अन्य तरकारी लगाउनु भएको थियो । खेतीपातीमा गरिने आधुनिक प्रविधिहरु जस्तै जैविक मल व्यवस्थापन, नर्सरी तथा विउ बेर्ना उत्पादन, मलखाद व्यावस्थापन, नेट तथा थाँक्राको उचित प्रयोग अनि रोग किरा व्यवस्थापनमा ध्यान दिन सकेका कारणले नै उत्पादनमा बृद्दि भएको उनले बताए । यसका साथै उत्पादन बृर्दि भएपछि सबै कालिकोट मान्मामा खपत हुन गार्हो भयो यसका लागि उहाँ अघि सरेर नैलनदेव कृषक समुहका अन्य बाकी सदस्यहरुको उत्पादन पनि संकलन गर्न थाल्नुभयो र लगत्तै उक्त उत्पादन जुम्ला तथा सुर्खेतका बजारसम्म पुर्याउन बाबु एन्ड शाही मन्डी सुर्खेत तथा आचार्य मण्डी सुर्खेतसम्म पुर्याउने काममा दत्तचित्त भई काम गर्न थाल्नुभयो । यसको नतिजा स्वरुप उत्पादन भएका कुनै तरकारी बाली नबिग्रीईकन जुम्ला तथा सुर्खेत पुग्न थालेपछि व्यापारमा विस्तार भई सबै कृषकहरुको आम्दानीमा पनि उल्लेखनीय वृर्दि हुन पुग्यो ।

विगतमा भारतमा गई ज्याला मजदुरी गरी घरपरिवार पालन पोषण गर्न कठिनाई भोगेका टेकबहादुर आज कृषि क्षेत्र विकास कार्यक्रमको सहलगानीमा तरकारी खेती उत्पादन तथा संकलन गर्दै मासिक रु ४० हजार भन्दा बढी कमाउन सफल भएका छन् । अहिले आएर उनले आफनै कमाईबाट रु १४ लाख खर्च गरी पक्की घर पनि बनाईसकेका छन् । अहिले उहाँको उत्पादित तरकारी जस्तै बन्दा, काउली, टमाटर, खुर्सानी, आलु, भान्टा आदी मनिसा तरकारी संकलन केन्द्रको नाममा जुम्ला तथा सुर्खेत पुगिरहेको छ । जसले गर्दा छोराछोरीको पढाईमा धेरै सहयोग पुग्नुका साथै आफुले उत्पादन गरे पछि पोषणमा पनि उल्लेख्य सुधार भएको कुरा उनी बताउछन् ।

कृषि क्षेत्र विकास कार्यक्रमले मलाई मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्न मात्र नभएर एउटा सफल व्यापारी पनि बन्न सहयोग गरेको छ, उनले भने । पहिला सुर्खेत तथा नेपालगञ्जबाट आएको तरकारी खरिद गरेर खान्थ्यौ भने अहिले आफैले नै ती ठाँउसम्म तरकारी विक्री गर्न सकेको छु । आगामी दिनमा नैलनदेव कृषक समुह मात्र नभएर कृषि क्षेत्र विकास कार्यक्रमले सहलगानी गरेका सबै समुह सहकारीहरुको उत्पादन संकलन गरी आफ्नै गाडीमा सुर्खेत नेपालगञ्ज तथा जुम्लामा पुर्याउने लक्ष्य रहेको छ । यसले गर्दा केही युवाहरुलाई रोजगारी पनि हुने र आफ्ना सन्ततिहरुलाई उच्च शिक्षामा लगानी गर्ने पैसाको जोहो पनि गर्न सकिने उनको लक्ष्य रहेको छ ।

लेखन तथा संकलन कर्ता
टेक बहादुर शाही
कृषि प्राविधिक
कृषि क्षेत्र विकास कार्यक्रम, खाडाचक्र नगरपालिका, कालिकोट