प्रमुख सुचनाहरु
मौजुदा सुची दर्ता / अध्यावधिक गर्ने बारे सुचना           Thematic case study report on CAESC_ASDP           Thematic Case Study on GALS_ASDP           Thematic Case Study on FEBL Class_ASDP           आयोजना सम्पन्न अध्ययन सर्वेक्षणका लागि परामर्शदाताहरुको संक्षिप्त सूची तयार गरिएको सूचना           सीताकुमारी खाम्चाः मरिसकेको आशा भैँसीपालन व्यवसायले फर्कायो: इन्फो कर्णाली अनलाइन           होटल र फेन्सी पसलमा असफलतापछि गाउँ फर्केर व्यावसायिक भैँसी पालन: रातोपाटी अनलाइन           सुर्खेत विरेन्द्रनगर १२, खोरियाका महिलाहरु आत्मनिर्भरताको बाटोमा अग्रसर           व्यावसायिक भैँसीपालन दुध, गोबर र गहुँत बिक्री - गोरखापत्र दैनिक           छाकटार्ने उपायको खोजीमा बिदेसिएका पुरुष स्वदेश फर्कंदै: अन्नपुर्ण पोष्ट दैनिक           ASDP Updated Brochure in Nepali           Midline Survey Report_ASDP Surkhet           Annual Report 2022/23 (Year: Five)           लैङ्गिक कार्य सिकाई पद्वति संचालन प्रक्रिया सम्बन्धि ब्रोसर           क्यान्सर पीडित एक किसानको लोभलाग्दो कृषि क्रान्ति : रातोपाटी अनलाइन           सामुदायिक कृषि प्रसार सेवा केन्द्र (CAESC) - ब्रोसर           बाली पात्रो - ASDP सुर्खेत           पोषण कर्नर सम्बन्धि जानकारी          
सफलताका कथा

आर्थिक उपार्जनपछि, घरमै स्वरोजगार
2023-04-21

जुम्ला जिल्लाको हिमा गाउँपालिका वार्ड नं ५ बाँझागाड गाउँ नाग्मा गमगडी सडकदेखी पैदलयात्राबाट १५ मिनेटको दुरीमा पर्दछ । खाद्यन्न बालीको प्रचुर सम्भावना रहेको यस बस्तीमा दलित तथा ब्राम्हण क्षेत्री समुहायहरुको बसोबास रहेको छ । यस बस्तीका अधिकांश घर परिवारहरुको प्रमुख पेशा भनेको कृषि खेतीपाती र पशुपालन रहेको देखिन्छ । पुरुषहरु मंसीर देखी फागुन महिना सम्म रोजगारीको सिलसिलामा व्यापार गर्न तराई तथा भारत झर्ने गर्दछन । अधिकाँश परिवारहरुले खेतीपाती गरेपनि श्रम गरे अनुसारको उत्पादन हुन नसक्नु नै यहाँको प्रमुख समस्या हो । यो बस्तीमा परिश्रम कृषक समुह गठन भई उक्त समुहमा २७ जना क्रियाशिल सदस्यहरु रहेका छन । उक्त समुहकी सदस्य पदमकला रोकायाको घरमा आफू, श्रीमान र ४ जना छोरा सहित ६ जनाको परिवार रहेको छ । घरमा खेती योग्य जग्गा धेरै भएपनि सबै खालका रैथाने बाली लगाउने र सोचे अनुरुप उत्पादन नहुने तथा उत्पादित खाद्यन्न बालीले विहान बेलुकाको छाक टार्नमा नै ठिक्क पुग्ने गर्दछ । बाकी अन्य घर खर्च, लत्ताकपडा र ४ जनाको पढाई खर्च जुटाउन मौसमी व्यापार व्यवसाय गरेपनि त्यसले नपुगेर ऋण सापटी गर्नुपर्ने हुन्छ । वि.सं. २०७८ सालमा परिश्रम कृषक समुहले कृषि क्षेत्र विकास कार्यक्रममा सहलगानीको लागि प्रस्ताव पेश गरे पश्चात समुह छनौट भई रैथाने बाली मूल्य श्रृंखलामा रहेर काम गर्न बिशेष गरी चिनो, फापर र सिमी उत्पादन गर्नका लागि २०७९ जेठ १९ गते यस समुह र कृषि क्षेत्र विकास कार्यक्रमसँग सम्झौता भयो । सम्झौता भएपश्चात व्यवसायिक योजना अनुसार समुहले सह लगानीमा कृषि सामग्रीहरु स्प्रेयर जैविक विषादी बनाउने ड्रम, मेटल विन, उन्नत विउ, त्रिपाल, सुपो आदि खरिद गरि वितरण पनि गरिएको छ । समुहका सबै सदस्यहरुले प्राविधिक तालिम पाएका थिए । पदमकला रोकायाले पनि प्राविधिक तालिम लिएपछि उन्नत बिउको प्रयोग, जैविक मल अनि सुक्ष्म खाद्यतत्वको प्रयोगले रैथाने बालीमा उत्पादन बढाउन सफल हुनु भएको थियो । तर यस वर्षको दशै पछिको अनियमित वर्षातका कारण सिमि, चिनो र फापरमा धेरै ह्रास भएता पनि ४ रोपनी जग्गामा करिव ३ क्वाईन्टल उत्पादन भयो । उक्त क्षेत्रफल जग्गामा विगतमा २ क्विईन्टल भन्दा बढी उत्पादन भएको थिएन । उत्पादित सिमि १ क्विईन्टल जति आफुलाई खानको लागि राखेको तथा आफन्तहरुलाई नासोको रुपमा पठाएको कुरा पदमकला गर्नुहुन्छ । बाकी २ क्विईन्टल सिमि भने रु १९० रुपैयाका दरले बिक्री गर्दा रु ३८००० आम्दानी भएको छ जसले जिविकोपार्जनमा धेरै सहयोग पुगेको छ भन्नुहुन्छ ।

आगामी बर्षमा पनि उन्नत खेती प्रविधि उन्नत बिउ मल सुक्ष्म खाद्यतत्व र जैविक विषादीको प्रयोग बाट अलि बढी क्षेत्रफल जग्गामा रैथाने बाली लगाई लक्ष्य परिपुर्ती भयो भने आर्थिक आम्दनी गर्न सकियो भनै श्रीमानलाई बैदेशिक रोजगारमा जान नदिई यसैको व्यापार गर्ने सोचाई रहेको बताउनुहुन्छ । साथसाथै यसलाई संकलन गरेर विभिन्न नवीनतम प्रविधि प्रयोग गरी सिमिको दाल फापरको पिठो तथा चिनोको भुरी बनाई बजारमा बेच्ने लक्ष्य रहेको उहाँ बताउनुहुन्छ । यसका लागि कृषि क्षेत्र विकास कार्यक्रम तथा परिश्रम कृषक समुहका सदस्यहरुलाई सहलगानीमा विविध सामाग्री तथा नवीन प्रविधिहरु सिकाएकोमा धन्यवाद दिन चाहिन्छन पदमकला रोकाया ।

संकलन तथा लेखन:
बिष्णु बहादुर शाही, कृषि प्राविधिक, हिमाली गाउपालिका
कृषि क्षेत्र विकास कार्यक्रम