प्रमुख सुचनाहरु
मौजुदा सुची दर्ता / अध्यावधिक गर्ने बारे सुचना           Thematic case study report on CAESC_ASDP           Thematic Case Study on GALS_ASDP           Thematic Case Study on FEBL Class_ASDP           आयोजना सम्पन्न अध्ययन सर्वेक्षणका लागि परामर्शदाताहरुको संक्षिप्त सूची तयार गरिएको सूचना           सीताकुमारी खाम्चाः मरिसकेको आशा भैँसीपालन व्यवसायले फर्कायो: इन्फो कर्णाली अनलाइन           होटल र फेन्सी पसलमा असफलतापछि गाउँ फर्केर व्यावसायिक भैँसी पालन: रातोपाटी अनलाइन           सुर्खेत विरेन्द्रनगर १२, खोरियाका महिलाहरु आत्मनिर्भरताको बाटोमा अग्रसर           व्यावसायिक भैँसीपालन दुध, गोबर र गहुँत बिक्री - गोरखापत्र दैनिक           छाकटार्ने उपायको खोजीमा बिदेसिएका पुरुष स्वदेश फर्कंदै: अन्नपुर्ण पोष्ट दैनिक           ASDP Updated Brochure in Nepali           Midline Survey Report_ASDP Surkhet           Annual Report 2022/23 (Year: Five)           लैङ्गिक कार्य सिकाई पद्वति संचालन प्रक्रिया सम्बन्धि ब्रोसर           क्यान्सर पीडित एक किसानको लोभलाग्दो कृषि क्रान्ति : रातोपाटी अनलाइन           सामुदायिक कृषि प्रसार सेवा केन्द्र (CAESC) - ब्रोसर           बाली पात्रो - ASDP सुर्खेत           पोषण कर्नर सम्बन्धि जानकारी          
सफलताका कथा

परिश्रमले ल्याएको परिवर्तन
2023-05-24

जीवन परिश्रम बिना त घाममा सुकेको लेउ झै हुने रहेछ । त्यसैले परिश्रम गर्नु जीवन जीउनु मात्र नभई आवश्यकता पुरा गर्नु रहेछ । यो भनाई जानकी धितालको हो । जात, वर्ग र पद जति उच्च भए पनि खाने भात नै हो । जीउन, पकाउन चौरासी व्यञ्जन, खाजा र डिनर जे भन्नुहोस्, व्यक्ति सधै राम्रो गुणद्वारा उच्च हुनुपर्छ । उच्च स्थानमा बसेर कोही ठुलो वा उच्च हुदैन । अफाप र पाप कर्मको योग हो ।

धिताल गाउँ जुम्ला सदरमुकाम खलंगा देखि करिब ५००० मिटर टाढा पश्चिमतिर पर्दछ । जानकीको परिवारमा ३ छोरी श्रीमान, आफु गरेर ५ जनाको सदस्य संख्या रहेको छ । गरिब परिवार र परिवारको दिन गुजारा गर्नका लागि दैनिक जसो श्रम नगरिनहुने बाध्यता पनि हो । विसं २०५२ सालमा १ वटा भैसीबाट थालेको भैसीपालन व्यवसायमा हाल आएर ४ वटा भैसी पालन गर्दै आएकि जानकीले भन्नु हुन्छ ।

"सुरुमा भैसीपालन व्यवसाय सुरु गर्दा आफनो परिवारलाई खानको लागि मात्र गरिन्थ्यो भने विस्तारै गएर छरछिमेकलाई समेत बिक्रि गर्न सुरु गरियो, त्यतिबेलामा दुधलाई लिटर भनेर नापतौल गर्ने चलन थिएन, हामीले माना, कुरुवालाई आधा लिटर मानेर बिक्री गर्ने गर्थ्यौ । २० रुपैयाँको कुरुवा गरेर दैनिक ४-५ लिटर सम्म दुध बजारमा लगाउने गरिन्थ्यो भने त्यसबाट आउने मासिक ३००० आम्दानीले घर खर्च चलाउनु बाहेक अन्य ठाउँमा पुग्न सकेको थिएन । त्यसपछिका दिनहरु बित्दै परिवारमा सन्तान थपिदै जादा झन जिम्मेवारी बढ्न थाल्यो र छोरीहरुको शिक्षा दिलाउने कुराले पैसाको महत्व बढ्दै जानु र अन्य व्यावसायिक श्रोतहरु नभएकाले नै पूनः एक भैसी थपेर दुईवटा पाल्ने सोच बनाएको उनी बताउछिन् । त्यसपछि भैसी थप गरेभन्दा पछि दैनिक १५-२० लिटर दुध बिक्री गर्न सुरु गरेपछि आम्दानी बढ्न थाल्यो र पैसा पनि बचत भयो ।

वि.सं. २०६० सालदेखि नियमित दुध दिने २ वटा भैसी पालनलाई निरन्तरता दिदै गर्दा १० वर्षको अवधिमा जेठी छोरीलाई उच्च शिक्षा अन्तर्गत प्राविधिक विषय अमिन, माईली छोरीलाई ओभरसियर र कान्छि छोरीलाई फार्मेसी पढाउन सफल भईन । हाल त्यति मात्र नभएर ४ वटा भैसी पाल्दै आएकी धितालले प्रति लिटर रु १४० रुपैयाँको दरले दैनिक २० देखि २५ लिटर बजारमा बिक्री गर्दा दैनिक रु ३०००।, मासिक ९० हजार सम्म आम्दानी गरि वार्षिक रु ११ लाखसम्म कमाउने गरेकी छन् । हाल आम्दानीबाट भैसीपालन व्यवसाय र अन्य खर्च कटौती गरेर वार्षिक ५/६ लाख रकम जम्मा हुने गरेको छ । आम्दानीको पैसाले सुर्खेतमा १ वटा घडेरी खरिद गरिएको छ भने छोरीलाई निरन्तर रुपमा लोकसेवा आयोगको कक्षा पढाई रहनु भएको छ । जानकी धितालले आफुले गरेको व्यवसाय छरछिमेक र आफन्तहरु समक्ष पनि विस्तार होस् भन्ने हेतुले २०७३ सालमा आफ्नै नेतृत्वमा एउटा भैसीपालन समुह समेत खोलेर सबैलाई भैसीपालन गरेर आम्दानी गर्नुपर्छ भन्ने सन्देश दिदै समुदायलाई समेत भैसीपालन व्यवसायमा केन्द्रित गरेकी छन । २०७५ सालपछि समुहलाई कानुनी रुपमा कृषि विकास शाखामा दर्ता गरेर जिल्लामा संचालित कृषि क्षेत्र विकास कार्यक्रममा जोडिएर २३ जना सदस्यहरुलाई प्रतक्ष रुपमा दुग्ध मुल्य श्रंखला विकास कार्यक्रमसंग संलग्न गराईएको छ ।

उनको भैसीपालन व्यवसायमा हालसम्म सहयोगको रुपमा जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय र कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) रहेको छ । हाल कृषि क्षेत्र विकास कार्यक्रम मार्फत जानकी धिताल लगाएत समुहको सम्पूर्ण सदस्यहरुले भकारो सुधार सहितको गोठ तयारी, नश्ल सुधार, उन्नत जातको राँगो, घाँस व्यवस्थापन, दुध ढुवानी गर्ने मिल्क क्यान, भैसीलाई ओच्छ्याउने म्याड तथा अन्य प्राविधिक सेवा समेत प्राप्त भएकाले व्यवसायमा थप सहजता प्राप्त भएको छ । यसका साथै एकता भैसीपालन समुहमा कृषि क्षेत्र विकास कार्यक्रम द्वारा संचालित वित्तिय शिक्षा तथा व्यावसायिक साक्षरता कक्षा लिदै गर्दा यस भैसीपालन व्यवसायमा झन थप दक्ष हुने अवसर प्राप्त भयो । मुख्य गरी वित्तिय कारोबार, ऋण, बिमा, आम्दानी, नाफा र घाटा तथा बचत कसरी गर्न सकिन्छ भन्ने विषयमा विशेष ज्ञान ४० दिने वित्तिय शिक्षा तथा व्यावसायिक साक्षरता कक्षाबाट भएको भनाई छ ।

"समृद्विले ज्ञान दियो, भैसीले धन दियो । मेरो त जागिर नै भैसीको हेरचाह गर्नु हो । बारी र खोर मेरो अफिस भएको छ । सालाखाला ५/६ लाख वर्षको कमाई भईहाल्छ जागिरले पनि कति पो तलब कमाउला र ? परिवारको साथमा भैसीको हेरचाह गर्दै छु, नुनदेखि सुन सम्मको सबै चिज किन्न सकिने पैसा कमाउन सफल भएकोले गर्दा भैसी कालो सुन त दुध सेतो सुन हुन पुगको जानकी धितालका श्रीमान विष्णु धिताल बताउँछन् ।

लेखन तथा संकलन कर्ता
अनिपाल ऐडी
कृषि प्राविधिक (पशु विज्ञान)
कृषि क्षेत्र विकास कार्यक्रम, जुम्ला करिडोर