प्रमुख सुचनाहरु
मौजुदा सुची दर्ता / अध्यावधिक गर्ने बारे सुचना           Thematic case study report on CAESC_ASDP           Thematic Case Study on GALS_ASDP           Thematic Case Study on FEBL Class_ASDP           आयोजना सम्पन्न अध्ययन सर्वेक्षणका लागि परामर्शदाताहरुको संक्षिप्त सूची तयार गरिएको सूचना           सीताकुमारी खाम्चाः मरिसकेको आशा भैँसीपालन व्यवसायले फर्कायो: इन्फो कर्णाली अनलाइन           होटल र फेन्सी पसलमा असफलतापछि गाउँ फर्केर व्यावसायिक भैँसी पालन: रातोपाटी अनलाइन           सुर्खेत विरेन्द्रनगर १२, खोरियाका महिलाहरु आत्मनिर्भरताको बाटोमा अग्रसर           व्यावसायिक भैँसीपालन दुध, गोबर र गहुँत बिक्री - गोरखापत्र दैनिक           छाकटार्ने उपायको खोजीमा बिदेसिएका पुरुष स्वदेश फर्कंदै: अन्नपुर्ण पोष्ट दैनिक           ASDP Updated Brochure in Nepali           Midline Survey Report_ASDP Surkhet           Annual Report 2022/23 (Year: Five)           लैङ्गिक कार्य सिकाई पद्वति संचालन प्रक्रिया सम्बन्धि ब्रोसर           क्यान्सर पीडित एक किसानको लोभलाग्दो कृषि क्रान्ति : रातोपाटी अनलाइन           सामुदायिक कृषि प्रसार सेवा केन्द्र (CAESC) - ब्रोसर           बाली पात्रो - ASDP सुर्खेत           पोषण कर्नर सम्बन्धि जानकारी          
सफलताका कथा

पशुपालनबाट मनग्य आम्दानी
2023-07-16

सुर्खेत जिल्ला लेकवेसी नगरपालिका वडा नं ९ चौरासेस्थित ईन्द्रेणी भैसीपालन समुहको सदस्य कमला रेग्मीको ४ जनाको परिवारको जिविकोपार्जनको मुख्य श्रोत ८ रोपनी जग्गामा गरिने खेतिपाती र एउटा दुहुनो भैसी रहेको छ । आफनो जग्गाबाट उत्पादन हुने अन्नबालीले १२ महिना परिवार धान्न नपुग्ने हुदाँ कमलाले गाँउ घरमा ज्याला मजदुरीमा काम गर्छिन भने उनको श्रीमान जनअपेक्षा सहकारी सहकारी संस्थामा करार सेवामा जागिर गर्छन । श्रीमानको जागिर र दैनिक रुपमा ८/१० लिटर दुध बिक्रिबाट परिवारको खर्च र २ जना छोराहरुलाई उच्च शिक्षा अध्ययन गराउन हम्मेहम्मे परेपछि उनले स्थानीय सहकारीबाट १३ प्रतिशत ब्याजमा ऋण लगेर घरखर्च र अनि छोराको पढाईमा खर्च चलाउछिन् । जनअपेक्षा कृषि सहकारी संस्थाले विभिन्न उप समुहहरु बनाई कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) संग जोडेर कार्यक्रम माग्ने कुरा रेग्मीले थाहा पाएपछि आफु पनि ईन्द्रणी भैसीपालन समुह मार्फत कृषि क्षेत्र विकास कार्यक्रममा जोडिन्छन् । रेग्मीले कृषि क्षेत्र विकास कार्यक्रमबाट दुग्ध मुल्य श्रंङ्खला तर्फ ५०% सह लगानीमा चारामेसिन विद्युत्तिय, प्राविधिक तालिम, Seasonal डाँले घाँस तथा भुई घाँस, औषधी व्यवस्थापन र भकारो सुधार आदी कार्यक्रम पाएकी छन् । ती कार्यक्रमहरु पाएपछि म अब पशुपालन व्यवसायी बन्नु पर्दछ भन्ने रेग्मीलाई उत्साह आउन थाल्यो । कृषि क्षेत्र विकास कार्यक्रमले व्यावसायीक पशुपालनको लागि सहुलियत व्याजदरमा कृषि विकास बैङ्क मार्फत ऋण उपलब्ध गराई दिन सहजीकरण गर्ने भएकाले रेग्मीले १/१ वटा गाई भैसी थपेर आफ्नो व्यवसायलाई फर्ममा दर्ता गरि ऋण लिनका लागि आवश्यक कागजातहरु कृषि विकास बैङ्कमा पेश गर्छिन र पहिलो किस्तामा ८ लाख ऋण लिई पशुपालनको लागि गोठको व्यवस्थापन र थप २ वटा भैसी खरिद गर्छन । आफ्नो फर्ममा पशुको संख्या बढेपछि घरमा काम गर्ने जनशक्ति थप चाहिने हुदाँ श्रीमानले आफ्नो सहकारीमा भएको खाईरहेको जागिर छोडेर उनले संचालन गरेको पशुपालन व्यवसायलाई साथ दिन्छन् । आफ्नो ८ रोपनी जग्गा मध्ये ४ रोपनीमा अन्नबाली लगाएको र बाँकी ४ रोपनी जग्गामा डाँले तथा भुई घाँस लगाएकी छन् । आफ्नो बारिमा लगाएको घाँसले मात्र नपुग्ने भएपछि उनले छिमेकिको थप ३ रोपनी जग्गालाई भाडमा लिएर डाँले तथा भुई घाँस लगाएकी छन् । हाल रेग्मीकी घरमा ५ वटा भैसी र ३ वटा गाई दुहुना छन् भने उनले दैनिक ५३ लिटर दुध जनअपेक्षा कृषि सहकारिलाई बेच्ने गरेको छन् ।

रेग्मीले हाल प्रति महिना अन्य खर्च (दाना, पानी, औषधि) कटाएर ५० हजार आम्दानी गर्ने गरेकी छन् । यसरी पशुपालन व्यवसायबाट भएको आम्दानीले बैङ्कको व्याज र किस्ता तिर्न अनि बाँकी रहेको पैसाले घर खर्च चलाउने र सहकारीमा बचत समेत गरेकी छन् । रेग्मी भन्छन् “पहिला बारीबाट काटेर ल्याएको घाँस सिधै पशुलाई हाल्ने गर्थ्यौ । हाल कृषि क्षेत्र विकास कार्यक्रमको सहलगानीमा उपलब्ध गराएको चारामेसिनले टुक्राएर हरियो र सुकेको घाँस मिलाएर खुवाउदा पहिले १ भैसीलाई दिने घाँसले हाल ३ वटा पशुलाई पुग्ने गरेको छ । आगामी दिनमा आफ्नो पशुपालन व्यवसायलाई थप विस्तार गरि दैनिक १०० लिटर दुध बिक्रि गर्ने कार्य योजना रहेको छ, उनले भनिन् । सहयोग गरेकोमा कृषि क्षेत्र विकास कार्यक्रम लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । लगनशीलता र धैर्यताका साथ पशुपालन व्यवसायलाई विस्तार गर्न सकेमा यसबाट मनग्य आम्दानी गर्न सकिने विश्वास लिएकी छु ।

आफ्नो व्यवसायबाट आम्दानी गर्न सुरु भएपछि श्रीमान पनि पहिलाको सहकारीको जागिर छोडेर आफनै व्यवसायमा फर्किन्छन् । हाल उहाँको नाममा रहेको करिब ८ रोपनी जग्गा मध्ये ५ रोपनीमा घाँस लगाईएको छ । उक्त घाँसले आफुलाई नपुगे पछि थप ३ रोपनी जग्गा भाडामा लिएर विभिन्न डाले तथा भुई घाँस रोपेकी छन् । हाल उनको घरमा ५ वटा भैसी र २ वटा दुहुना गाई छन् । दैनिक ५३ लिटर दुध बिक्रि गर्छिन । उक्त दुध बिक्रि गरेको पैसाले बैङ्कको ब्याज, किस्ता तिर्न पुगेर पनि घर खर्च चलाउन सहज भएको छ । उनि भन्छिन आगामी दिनमा आफ्नो भएको सम्पूर्ण बारीमा घाँस व्यवस्थापन गरेर प्रति दिन १०० लिटर दुध बिक्रि गर्ने गरि व्यवसायलाई अगाडि बढाउने योजना रहेको छ । सहयोगको लागि कृषि क्षेत्र विकास कार्यक्रमलाई धन्यवाद दिन चाहान्छु, आगामी दिनहरुमा पनि थप कार्यक्रम सहयोग गर्ने अपेक्षा रहेको छ ।

संकलनः कमला रेग्मी, कृषि प्राविधिक
लेकवेशी नगरपालिका सुर्खेत
पूर्नलेखनः
रत्नबहादुर बुढा
ज्ञान व्यवस्थापन तथा संचार अधिकृत, ASDP सुर्खेत