प्रमुख सुचनाहरु
मौजुदा सुची दर्ता / अध्यावधिक गर्ने बारे सुचना           Thematic case study report on CAESC_ASDP           Thematic Case Study on GALS_ASDP           Thematic Case Study on FEBL Class_ASDP           आयोजना सम्पन्न अध्ययन सर्वेक्षणका लागि परामर्शदाताहरुको संक्षिप्त सूची तयार गरिएको सूचना           सीताकुमारी खाम्चाः मरिसकेको आशा भैँसीपालन व्यवसायले फर्कायो: इन्फो कर्णाली अनलाइन           होटल र फेन्सी पसलमा असफलतापछि गाउँ फर्केर व्यावसायिक भैँसी पालन: रातोपाटी अनलाइन           सुर्खेत विरेन्द्रनगर १२, खोरियाका महिलाहरु आत्मनिर्भरताको बाटोमा अग्रसर           व्यावसायिक भैँसीपालन दुध, गोबर र गहुँत बिक्री - गोरखापत्र दैनिक           छाकटार्ने उपायको खोजीमा बिदेसिएका पुरुष स्वदेश फर्कंदै: अन्नपुर्ण पोष्ट दैनिक           ASDP Updated Brochure in Nepali           Midline Survey Report_ASDP Surkhet           Annual Report 2022/23 (Year: Five)           लैङ्गिक कार्य सिकाई पद्वति संचालन प्रक्रिया सम्बन्धि ब्रोसर           क्यान्सर पीडित एक किसानको लोभलाग्दो कृषि क्रान्ति : रातोपाटी अनलाइन           सामुदायिक कृषि प्रसार सेवा केन्द्र (CAESC) - ब्रोसर           बाली पात्रो - ASDP सुर्खेत           पोषण कर्नर सम्बन्धि जानकारी          
सफलताका कथा

लैङ्गिक कार्य सिकाई पद्दती, चेपाङ्ग बासीको खुशी परिवार यात्रा
2023-07-19

कर्णाली प्रदेश, वराहताल गाउपालिका वडा ५, चेपाङ वस्ती प्रदेश राजधानी वीरेन्द्रनगर शहरदेखी झष्डै ४५ कि.मी. को दुरीमा अवस्थित छ । यो वस्तीमा करिब ३०० घरधुरी रहेकोमा जातजातिको हिसाबले जनजाती समुदायको बाहुल्यता छ । दुरिको हिसावले वीरेन्द्रनगर शहर देखि धेरै टाढा नभएता पनि विकासको हिसावले यो वस्ति निकै पछाडी परेको छ । वस्तिसम्म पुग्नलाई स्तरिय वाटो छैन । अहिले संचालनमा रहेको कच्ची बाटोमा वर्षातको समयमा गाडी चल्ने संभावना कम देखिन्छ । प्रायजसो सबैको जीवन निर्वाहको मुख्य श्रोत कृषि पेशा रहेको छ भने युवाहरु रोजगारीका लागि भारत लगायत अन्य मुलुक जाने गरेको छन् । उत्पादन गरेको वस्तुहरु बेच्नका लागि नजिकै बजार छैन । भेरी नदिको किनारामा अवस्थित चेपाङ वस्ति व्यावसायिक कृषि तथा पशुपालन व्यवसायको निकै संभावना भएको मानिन्छ ।

राज्यको पूर्नसंरचना संगै संघीय शासन प्रणालीको थालनी भएपछि संघ, प्रदेश र स्थानीय सरकार अहिले अभ्यासमा छन् । वराहताल गाउँपालिकासंगको समन्वय र साझेदारीमा वि.सं २०७७ सालमा कृषि क्षेत्र विकास कार्यक्रमले चेपाङ वस्तिमा समुह/सहकारीसंग सहलगानीमा काम गर्न सुरु गर्छ । हाल कृषि क्षेत्र विकास कार्यक्रमले यो वडामा ६ वटा समुह र १ सहकारी मार्फत १८४ घरधुरीमा विभिन्न कार्यक्रमहरु संचालनमा रहेका छन् । भौतिक पूर्वाधार तर्फ ३ वटा सोलार लिफ्टिङ, २ वटा सिचाई कुलो निर्माण गरिएको छ । यसका साथै कार्यक्रमको सहसंभाग-४ मूल्य श्रङ्खला विकास र नविनताको लागि दिगो कृषि सेवा सहयोग अन्तर्गत वस्तिलाई पाएक पर्ने गरि सामुदायिक कृषि प्रसार सेवा केन्द्रको स्थापना तथा संचालनमा सहयोग तथा सहजीकरण गरिएको छ ।

मूल्य शृङ्खलामा आवद्ध कृषकहरुमा वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरताको माध्यमबाट वित्तीय सेवाहरुको प्रयोग तथा समयानुसार व्यक्तिगत, घरायसी र आफ्नो लघु उद्यममा वित्तीय अनुशासन तथा वित्तीय व्यवस्थापन गर्ने क्षमता वृद्धि गर्न, आफ्नो सीप, क्षमता, लगानी तथा भौगोलिक अवस्था अनुसार उपयुक्त व्यवसायको छनौट तथा संचालन गर्न सहजीकरण गर्न, समूह सदस्यहरुलाई उद्यम सञ्चालन तथा व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न, वित्तीय आवश्यकताको पहिचान तथा उपलब्ध स्रोतको बारेमा जानकारी गराउनु, पोषण पाठशाला संचालन गर्ने र एक सदस्य एक पोषण बगैंचाको अभियान संचालन गरि पोषण तथा स्वास्थ्य र चेतनाको विषयलाई घर तथा परिवार सम्म पु-याउन सु-सूचित गर्नु तथा मूल्य शृङ्खलामा आवद्ध सहकारीको आम्दानी खर्चको हिसाब किताब राख्न सहजीकरण गरी खासगरी प्रजनन उमेरका विशेषत १५ देखि ४९ वर्ष सम्मका महिला सदस्यहरूलाई खाद्य विविधताको बारेमा चेतना अभिवृद्धि गर्ने अभिप्रायले ७ वटै समुहमा वित्तिय शिक्षा तथा व्यावसायिक सारक्षता कक्षा संचालन गरिएको छ ।

जनगणना २०७८ अनुसार वराहताल गाउपालिका वडा नं ५ चेपाङ्क वस्तिको जनसंख्या ४४५६ छ जसमा २०७० पुरुष र २३८६ महिला रहेका छन् । औसतमा पुरुषको भन्दा महिलाको जनसंख्या बढि भएको यो वडामा कृषि क्षेत्र विकास कार्यक्रमले नमुना कार्यक्रमको रुपमा महिला सशक्तिकरण, समुदायको नेतृत्व, समानता र लङ्गिक न्यायको प्रवद्वन गर्नका लागि संकटासन्न घरपरिवारमा घरपरिवार तहको विधि अर्थात जेन्डर एक्सन लर्निङ्ग सिस्टम (GALS) को अवलम्वन गर्ने लक्ष्य अनुरुप ८० जना महिला सदस्यहरु लैङ्गिक कार्य सिकाई पद्वती (GALS) तालिममा सहभागी भएका छन् । तालिममा सहभागी भएपछि उनीहरुले आफनो घरपरिवारको लक्ष्य तय गरि योजनावद्व तरिकाले क्रियाकलापहरु गर्दै आईरहेका छन् । यसले घरपरिवारका सदस्यहरुलाई उनीहरु विपन्न किन छन् भन्ने कुरा बुझ्न र लैङ्गिक भूमिका र सम्बन्धहरुको विभेदलाई अनुभूति गर्न सहयोग गर्ने छ । लैंङ्गिक कार्य सिकाई पद्धती (GALS) लाई समुदायमा आधारित सशक्तिकरणको विधिको रुपमा लिईन्छ । यस विधिले सहभागितामूलक तरिकाबाट लैंङ्गकि रुपान्तरण तथा मुलप्रवाहिकरणको कुनै पनि समस्याको समाधानको लागि समेत महत्वपुर्ण भुमिका खेल्दछ । साथै यस विधिले समुदायका महिला र पुरुषको व्यक्तिगत तथा सामुहिक दृष्टि बनाउन र एक आपसमा सहयोगको भावना पैदा गर्दछ । महिला र पुरुषले पुग्न चाहेको वा देखेको सुनौलो सपनामा पुग्न के कस्ता क्रियाकलाप गर्नु पर्दछ, के कस्ता योजनाहरु हुन्छन, के कस्ता अवसर तथा चुनौतीहरु हुन्छन त्यसको समेत विश्लेषण गर्न सहयोग गर्दछ । यस पद्धतिमा कुनै पनि अंक तथा अक्षर लेखन नगरी सम्पुर्ण विधिको विषय वस्तु तथा अभ्यास चित्रको माध्यमवाट सिकाईन्छ । समुदायमा अभ्यास गरिएका विधिहरुमा सुनौलो सपनाको यात्रा (Road Vision Journey), खुसी परिवारको रुख (Happy Family Tree) र सामाजिक/नेतृत्व सशक्तिकरण नक्सा (Leadership Empowerment Map) रहेको छ । महिला सदस्यहरुको कार्यबोझ घटाउनका लागि महिला मैत्री मेसीन तथा उपकरण (कृषि कार्यबोझ घटाउने) सतप्रतिशत अनुदानमा सहयोग गरिएको छ ।

यसरी कृषि क्षेत्र विकास कार्यक्रम मार्फत चेपाङ समुदायमा संचालन गरिएका क्रियाकलापहरुले चेपाङ वस्तिमा समुह सदस्यहरु व्यावसायिक रुपमा कृषि पेशा गर्न सुरु गरेका छन् भने यो संगसंगै उनीहरु आफनो परिवारलाई कसरी खुशी बनाउने भनी पारिवारिक योजना बनाई सोहि अनुरुप कार्यान्वयन गरिरहेका छन् ।

लैङ्गिक सिकाई कार्य पद्वति: खुशी परिवार यात्राः कृष्णा सिजापति वर्ष ३७, कृषि क्षेत्र विकास कार्यक्रम अन्तरगत पारिजात कृषक समुहमा सदस्य पदमा वि.सं. २०७५ सालमा आवद्व भईन । घरमा सासुआमा, ससुरा वुवा, १ छोरि र १ छोरा अनि श्रीमान श्रीमती गरि जम्मा ६ जनाको परिवार छ । आम्दानिको अन्य श्रोत नभएपछि रोजगारीको लागि उनको श्रीमान् वि.सं.२०७९ सालमा करिब ४ लाख लगानी गरि दुवै जान्छन् । गाँउमै रोजगारीको अवसर नभए पछि वैदेशिक रोजगारीका गएका उनका श्रीमान गएको केहि महिनामै विरामी हुन्छन् । पैसा अभावको कारणले दुवैमा उपचार संभव नभएपछि श्रीमानलाई घरसम्म ल्याउनका लागि गाउँमै १ लाख रुपैया ऋण काटेर पठाउछन् । वि.सं. २०८० साल बैशाख महिनामा विरामी श्रीमानलाई घरमा ल्याउछन् । एकातिर गरिबीको चपेटामा थला परेको कृष्णाको परिवारलाई श्रीमानको दिर्घरोगले थप जटिलता सिर्जना गर्यो ।

कृषि क्षेत्र विकास कार्यक्रम अन्तरगत समुह बैठक, छलफल तथा अन्य कक्षाहरुमा सहभागी भएपछि कृष्णालाई लाग्यो यी समस्याहरुबाट भागेर समाधान सम्भव छैन । यही अवस्थाको बिचबाट अवसर खोज्न सुरु गर्छिन । उनले समुहको सहजीकरणमा कृषि विकास बैङ्कबाट १ लाख ऋण लिएर व्यावसायिक रुपमा खेती गर्न सुरु गर्छिन । यसका साथै कृषि क्षेत्र विकास कार्यक्रमबाट तरकारी खेतीको लागि टनेल १, झारी, मिनि टेलर, गोपी, बन्दा, टमाटर, खुर्सानीको बिउ आदि सहयोग पश्चात आफुसंग भएको १० रोपनी जग्गामध्ये सुरुमा १ रोपनीमा तरकारी खेती गर्न सुरु गर्छिन । यसरी पहिलो वर्ष आफ्नो व्यवसायबाट उत्पादन गरिएको टमाटर बिक्री गरी १५ देखि २० हजार रुपैयाँ आम्दानि गर्छन ।लैङ्गिक कार्य सिकाई पद्वती कक्षामा सहभागी भई सिकाएका कुराहरु लागु गर्दै गएपछि अहिले आएर घरपरिवारको सम्बन्धमा पनि सुधार आएको छ उनले भनिन ।

सहभागीमा आएको परिवर्तनका बारेमा सहजकर्ता सविना गरंजा मगर भन्छिन, हिजो समुहमा आफनो परिचय दिन नसक्ने दिदीबहिनीहरु अहिले आएर परिचय दिन सक्ने, आफनो मनमा लागेका कुराहरु राख्न सक्ने भएका छन् भने घरपरिवारको सम्बन्धमा पनि सुधार आएको देख्न सकिन्छ । चित्रबाट सिकाउने तरिका समुदाय स्तरमा सहभागीलाई बुझाउनका लागि उपयुक्त भएको उनले भनिन् । यो समुदायमा ३ जना सहजकर्ताले ५ वटा समुहमा जम्मा ४३ जना महिला सदस्यलाई सहभागी गराई लैङ्गिक कार्य सिकाई पद्वति कक्षा सहजीकरण गरेका छन । जस अन्तर्गत मनिषा थापाले ३ वटा समुहमा २३ जना, सविना गरंजामगरले १ समुहमा जना र कमला रावतले १ समुहमा १० जना महिला सदस्यहरु रहेको समुहलाई सहजीकरण गरेका गरि GALS पद्वतिलाई खुशी परिवार यात्रा माध्यमको रुपमा संचालन गरिएको छ ।

यसरी विश्लेषण गर्दा चेपाङ वासीको खुशी परिवार यात्रा लैङ्गिक कार्य सिकाई पद्वति मोडेल सफल भएको देख्न सकिन्छ ।

लेखनः
रत्नबहादुर बुढा, ज्ञान व्यवस्थापन तथा संचार अधिकृत
कृषि क्षेत्र विकास कार्यक्रम, वीरेन्द्रनगर सुर्खत