प्रमुख सुचनाहरु
मौजुदा सुची दर्ता / अध्यावधिक गर्ने बारे सुचना           Thematic case study report on CAESC_ASDP           Thematic Case Study on GALS_ASDP           Thematic Case Study on FEBL Class_ASDP           आयोजना सम्पन्न अध्ययन सर्वेक्षणका लागि परामर्शदाताहरुको संक्षिप्त सूची तयार गरिएको सूचना           सीताकुमारी खाम्चाः मरिसकेको आशा भैँसीपालन व्यवसायले फर्कायो: इन्फो कर्णाली अनलाइन           होटल र फेन्सी पसलमा असफलतापछि गाउँ फर्केर व्यावसायिक भैँसी पालन: रातोपाटी अनलाइन           सुर्खेत विरेन्द्रनगर १२, खोरियाका महिलाहरु आत्मनिर्भरताको बाटोमा अग्रसर           व्यावसायिक भैँसीपालन दुध, गोबर र गहुँत बिक्री - गोरखापत्र दैनिक           छाकटार्ने उपायको खोजीमा बिदेसिएका पुरुष स्वदेश फर्कंदै: अन्नपुर्ण पोष्ट दैनिक           ASDP Updated Brochure in Nepali           Midline Survey Report_ASDP Surkhet           Annual Report 2022/23 (Year: Five)           लैङ्गिक कार्य सिकाई पद्वति संचालन प्रक्रिया सम्बन्धि ब्रोसर           क्यान्सर पीडित एक किसानको लोभलाग्दो कृषि क्रान्ति : रातोपाटी अनलाइन           सामुदायिक कृषि प्रसार सेवा केन्द्र (CAESC) - ब्रोसर           बाली पात्रो - ASDP सुर्खेत           पोषण कर्नर सम्बन्धि जानकारी          
सफलताका कथा

CAESC स्थापनापछि चेपाङबासीको कृषि सेवामा पहुँच वृद्वि
2023-09-01

चेपाङ वस्ती, भेरी नदिको किनारमा अवस्थित, जातजातिको हिसाबले जनजातीहरुको वाहुल्यता रहेको यो वस्ति बराहताल गाउपालिकाको सदरमुकाम देखि १२ किलोमिटर टाढा पर्दछ । गाउपालिकाबाट यो वस्तिमा झर्दै गर्दा नदि किनारमा माथिदेखि देखिने सुन्दर समथर जमिन जुन कृषि उत्पादनको हिसावले अब्बल देखिन्छ । बस्तिसम्म पुग्न अहिलेसम्म पक्की सडक छैन । गाउपालिकाबाट कृषकहरुले पाउने कृषि सम्बन्धि सुविधा लिन भौगोलिक हिसाबले कठिनाई छ भने जनशक्ति तथा श्रोत साधनको अभावले सबै सुविधाहरु वडा कार्यालयबाट दिन सम्भव छैन । यस्तो अवस्थामा वस्ति नजिकै सामुदायिक कृषि प्रसार सेवा केन्द्र स्थापना भई कृषि तथा पशुसंग सम्बन्धित सेवाहरु दिन सुरुभएपछि चेपाङ्बासीको कृषि सेवामा पहुँच वृर्दि भएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि नेपालको नयाँ संविधान २०७२ ले प्रत्येक नागरिकलाई खाद्यान्न र भुमिमा पहुँचको हकलाई सुनिश्चित गरेको छ । संविधानत: स्थानीय तहको कृषि प्रसार कार्यक्रम कार्यान्वयन र जनशक्ति व्यवस्थापनको लागि नीति निर्माणको जिम्मेवारी स्थानीय तहको रहेको छ । कृषि प्रसार सेवा स्थानीय सरकारको मातहतमा रहेकोले सेवा प्रवाह संयन्त्रको रुपमा प्रत्येक स्थानीय तहमा कृषि विकास शाखा र पशुपन्छी विकास शाखाहरु स्थापना भएका छन् । कठिन भौगोलिक भूभाग र अग्रपंक्तिका कृषि प्रसार कर्मीको सीमित संख्या आफैमा समस्या हुन । नेपालको कृषि-पर्यावरणीय र सामाजिक आर्थिक विविधता असाधारण भएकोले फरक फरक प्रकारका किसानहरुका आवश्यकताहरुलाई प्रभावकारी तवरले प्रतिकार्य गर्न कुनै पनि विशेष प्रकारको प्रसार सेवा प्रदायकलाई चुनौतीपूर्ण हुन्छ । यो अवस्थाको निराकरणका लागि नेपालको कृषि विकास रणनीति (ADS) को विकेन्द्रीकृत विज्ञान,प्रविधि र शिक्षा कार्यक्रम (DESTEP) मा प्रत्येक पालिकामा सामुदायिक कृषि प्रसार सेवा केन्द्र (CAESC) स्थापना गरी उपलब्ध उत्कृष्ट कृषि सामग्री र प्रसार सेवा प्रदायकहरुसम्म कृषकहरुको पहुँच पुञ्याउने परिकल्पना गरिएको छ र यस्ता केन्द्रहरुलाई सहयोग पुग्ने सेवा प्रदान गर्न चालु तथा प्रस्तावित कृषि तथा पशु सेवा केन्द्रहरुको क्षमता अभिवृदि गर्ने समेत लक्ष्य लिईएको छ ।

सामुदायिक कृषि प्रसार सेवा केन्द्र (CAESC) नेपाल सरकारको कृषि हेर्ने निकाय, सहकारी, कृषि क्षेत्रमा कार्यरत संघसंस्था, निजी क्षेत्रका सेवा प्रदायक र स्थानीय तह बीचको समन्वय र सहभागितामा गठन भई, केन्द्र व्यवस्थापन समितिद्वारा शासित गर्ने उद्देश्य सहित स्थानीय समुदाय,सहकारी,कृषक संघसंस्था र कृषि क्षेत्रका प्रतिनिधिहरु समेत सम्मिलित भई स्थानीय कृषिको आवश्यकता अनुसार कृषि प्रसारको काम गर्ने उद्देश्यले स्थापना गरिएको संयन्त्र हो । CAESC मार्फत स्थानीय किसान र कृषि सेवामा संलग्न कर्मचारीहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्दै बाली तथा पशुधनसंग सम्बन्धित क्रियाकलापहरू संचालन गरी कृषि प्रसार सम्बन्धि सामुदायिक र व्यावसायिक सेवाहरु प्रदान गरिएको छ । सामुदायिक कृषि प्रसार सेवा केन्द्र स्थापना तथा संचालनमा स्थानीय सरकारको सहयोग, सहजीकरण र नियमनकारी भूमिका तथा स्थानीय समुदायको पूर्ण रूपमा अपनत्व, अग्रसरता, सहभागिता र व्यवस्थापकीय भूमिका भएको हुनुपर्दछ।

स्थानीय समुदायको आवश्यकता अनुसार कृषि प्रसारको काम गर्ने गरी बराहताल, ५ चेपाङ वि.सं.२०७८ सालमा कृषि क्षेत्र विकास कार्यक्रमले बराहताल गाँपालिकासंगको समन्वय र साझेदारीमा सामुदायिक कृषि प्रसार सेवा केन्द्रको स्थापना भएको हो । सेवा केन्द्र स्थापनासंगै यसको संचालनका गर्न कृषि क्षेत्र विकास कार्यक्रम मार्फत सेवा प्रवाहका लागि आवश्यक सामग्रीहरु (कृषि औजार उपकरण, सूचना प्रविधि सम्बन्धित सामग्रीहरु,फर्निचर तथा फिक्सर आदि) र प्राविधिक कर्मचारीको पारिश्रमिक तथा अन्य संचालन खर्च उपलब्ध गराईएको छ । कृषि प्राविधिकको रुपमा चेपाङ निवासी गंगा राजी कार्यरत छन् । सेवा केन्द्रको संचालन तथा व्यवस्थापनको लागि युवराज बस्नेतको र बिरबहादुर घर्ति सहअध्यक्षता र सम्बन्धित वडाको वडाअध्यक्षको संरक्षकत्वमा ११ सदस्यीय केन्द्र व्यवस्थापन समिति चयन भई क्रियाशिल रहेको छ ।यो सामुदायिक सेवा केन्द्रले बराहताल गाउपालिकाको वडा नं ५ चेपाङ् वस्तीका करिब ४१० घरधुरी, वडा नं ६ को ईखानी टोल र पंञ्चपुरी नगरपालिकाको वडा नं १० चाम्रीबच्छी टोललाई समेत सेवा प्रदान गर्दै आईरहेको छ । कृषि तथा पशुजन्य सेवाको लागि पहिले बस्तीमा एउटा एग्रोभेट रहेको र आवश्यक परेको बेला सेवा लिन ४/५ घष्टा पैदल हिडेर गाउपालिकाको कृषि तथा पशु शाखामा जानुपर्ने कठिनाई भएकोमा अहिले आएर बस्तीको आगनमै आधारभुत सेवा र परामर्श उपलब्ध भएको छ । यो समुदायमा खासगरी बाख्रा र बंगुरपालन गर्ने भएकोले पशुजन्य सेवाको बढि आवश्यकता पर्दछ ।कृषि क्षेत्र विकास कार्यक्रमले चेपाङ बस्तिमा ६ वटा तरकारी उत्पादन समुह मार्फत कार्यक्रम संचालन गरिरहेको छ । यसरी संचालन गरिएका समुहहरुमा वित्तिय शिक्षा तथा व्यावसायिक साक्षरता कक्षाको संचालन, समुहका महिला सदस्यहरुलाई कार्यवोक्ष न्यूनीकरणका लागि कृषि उपकरणको सहयोग, पोषण बगैचा स्थापना तथा पोषण सचेतना अभियानका कार्यक्रमहरु एकीकृत रुपमा संचालन भएका छन् । यसले एकातिर बस्तिमा समुहका सदस्यहरुको क्षमता अभिवृद्वि भएको छ भने अर्कोतिर उनीहरुले व्यावसायिक रुपमा खेती गर्न सुरु गरेका छन् । हिजो आफुले उपभोग गर्नमात्र उत्पादन गर्ने कृषकहरु अहिले आएर आफुले खाएर बाकी रहेको तरकारी बिक्रि गरी आम्दानी गर्न सुरु गरेका छन । अनुगमनको क्रममा समिति सहअध्यक्ष युवराज बस्नेतले यहाँको समुदाय सानोतिनो कामको लागि पालिका जान समस्या थियो । कृषि तथा पशुजन्य कामको लागि निजी पसल तथा व्यक्तिबाट पैसा तिरेर सेवा लिनुपर्ने अवस्था सामुदायिक कृषि प्रसार सेवा केन्द्रको स्थापनाले हटेको छ ।

सामुदायिक कृषि सेवा प्रसार केन्द्रबाट मुख्यगरी क्यास्ट्रेशन, बिउ तथा बेर्ना बिक्रि बितरण, पशुवस्तुमा खोप तथा उपचार सेवा, बालीबस्तुमा रोग पहिचान तथा उपचार, बिउ नश्ल र मलको आपुर्तिमा सहजीकरण, कृषक सदस्यलाई सदस्यता बितरण, कृषकहरुको कागजात तयारी, औजार उपकरण भाडा लगायतका सेवाहरु सशुल्क प्रदान गर्दै आईरहेको छ । यसबाट हालसम्ममा कुल ६३३ कृषक घरधुरीले सेवा प्राप्त गरिसकेका छन भने सेवा प्रवाह मार्फत केन्द्रले जम्मा रु ८६५५०। आम्दानी गरेको पाईएको छ ।

कृषि क्षेत्र विकास कार्यक्रमको समन्वय,प्राविधिक सहयोग तथा साझेदारीमा कर्णाली प्रदेश अन्तरगत कार्यक्रम लागु भएका स्थानीय तहहरुमा स्थापना र संचालन गरिएका कुल २२ मध्ये १२ वटा सामुदायिक कृषि प्रसार सेवा केन्द्र मार्फत जम्मा रु ४ लाख २९ हजार रुपैया आम्दानी भएको छ ।

लेखनः
रत्नबहादुर बढा
ज्ञान व्यवस्थापन तथा सञ्चार अधिकृत
कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेत