प्रमुख सुचनाहरु
मौजुदा सुची दर्ता / अध्यावधिक गर्ने बारे सुचना           Thematic case study report on CAESC_ASDP           Thematic Case Study on GALS_ASDP           Thematic Case Study on FEBL Class_ASDP           आयोजना सम्पन्न अध्ययन सर्वेक्षणका लागि परामर्शदाताहरुको संक्षिप्त सूची तयार गरिएको सूचना           सीताकुमारी खाम्चाः मरिसकेको आशा भैँसीपालन व्यवसायले फर्कायो: इन्फो कर्णाली अनलाइन           होटल र फेन्सी पसलमा असफलतापछि गाउँ फर्केर व्यावसायिक भैँसी पालन: रातोपाटी अनलाइन           सुर्खेत विरेन्द्रनगर १२, खोरियाका महिलाहरु आत्मनिर्भरताको बाटोमा अग्रसर           व्यावसायिक भैँसीपालन दुध, गोबर र गहुँत बिक्री - गोरखापत्र दैनिक           छाकटार्ने उपायको खोजीमा बिदेसिएका पुरुष स्वदेश फर्कंदै: अन्नपुर्ण पोष्ट दैनिक           ASDP Updated Brochure in Nepali           Midline Survey Report_ASDP Surkhet           Annual Report 2022/23 (Year: Five)           लैङ्गिक कार्य सिकाई पद्वति संचालन प्रक्रिया सम्बन्धि ब्रोसर           क्यान्सर पीडित एक किसानको लोभलाग्दो कृषि क्रान्ति : रातोपाटी अनलाइन           सामुदायिक कृषि प्रसार सेवा केन्द्र (CAESC) - ब्रोसर           बाली पात्रो - ASDP सुर्खेत           पोषण कर्नर सम्बन्धि जानकारी          
सफलताका कथा

सहजकर्ताहुदै, व्यवसायी बनेकी दानकला
2023-09-11

कालिकोट जिल्ला महावै गाउपालिका माईतिघर भई खाडाचक्र नगरपालिका ४ मा विवाह बन्धन भएको दानकला वि.क. को घरमा सासु, ससुरा, श्रीमान तथा ४ जना छोराछोरी सहित जम्मा ८ जनाको परिवार संख्या छ । परिवारको जीवनयापनको मुख्य श्रोत ज्याला मजदुरी नै हो । ३ बर्ष पहिला धेरै दुख कष्ट तथा आफ्ना मनका बेदना खपेर पनि काम गर्नु पर्थ्यो । दलित गरिव तथा महिला भएका कारणले समुदाय र घरपरिवारले हेर्ने दृष्टिकोण पनि फरक थियो । अरुको कमाईमा जीवन यापन गर्नु पर्ने भएकाले विशेषगरी घरपरिवारका जेष्ठ सदस्यहरुबाट कहिले काहि खप्की पनि खानु पर्थ्यो । अनि घरको बुहारी भएका कारणले चुलो चौका मेला पात गरी घरकै काममा मात्रै सिमित हुनु पर्थ्यो । कहिले भोको पेटमा पनि घरपरिवारको खुशीको लागि बाध्य भएर काम गर्नु पर्थ्यो । कुनै कामले बजार जानु पर्यो भने केही खान अथवा किन्नको लागि खासै चाहिने पैसा हुदैनथ्यो । महिलाले आयमूलक काम गर्न सक्दैनन् भन्ने सोच धारणा भएको घरपरिवार भएकाले विना कारण लान्छना लगाए भने पनि बोल्नै सकिन्थेन । माईति जाँदा पनि लुगा कपडा नयाँ कमै लगाउन पाईन्थ्यो । गाडी चढ्ने पैसा नभएर कति चोटी त हिडेर नै धैरै समय लगाएर माईति गईन्थ्यो ।

मलाई कृषि क्षेत्र विकास कार्यक्रमले वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता (FEBL) कक्षा र लैगिंक सिकाई एकाई पद्दति (GALS) को सहजकर्ता छनौट गरेपछि तालिम लिन जुम्ला तथा सुर्खेत जान पाए । तालिम लिएर आएपछि यहाँ फर्केपछि बेमौसमी तरकारी खेती गर्ने बारला फलफुल तथा ताजा तरकारी उत्पादन समुह अनि दुग्ध मुल्य श्रृंखलामा लोहार टोल तथा सिनेटी टोल उपसमुह गरी ३ वटा समुहमा FEBL कक्षा पढाउन थाले । लगत्तै विभिन्न १० जनालाई GALS कक्षा पनि पढाउन शुरु गरे। यसको कक्षाको उद्देश्य सहभागीहरुमा ज्ञान सिप धारणामा परिवर्तन गराई उनीहरु र आफ्नो आय स्तरमा बदल्नु रहेको छ ।

खासगरी यी कक्षाहरु पढेपछि सहभागीहरुको ज्ञान सिप र धारणामा परिवर्तन भएको र उनीहरुको जीवनस्तरमा केहि सुधार आएको देखिएको छ । मेरो पनि सो कक्षाको परिश्रमिक रकमबाट आयस्तर बृद्वि भई व्यवसाय विस्तार गर्न सहज भएको छ र यही पैसालाई मुल लगानी मानी मैले कुखुरा पालन व्यवसाय शुरु गरेको छु । यसैको लागि घरपरिवारका सदस्यहरुले विशेष गरी श्रीमान र ससुराले व्यवसायमा सहयोग गर्न थाल्नु भएको छ । यसको सबै नेतृत्व उहाँले नै वहन गरी एक साथ जिन्दगीलाई बढाउन खोज्नुभएको छ । साथै उहाँले करिव ४५ दिन कुखुरा पालेर लगभग ४० हजार जति कमाउनुभएको छ ।

उहाँको विचारमा लगनशिल र निरन्तरता दिदा जुनसुकै काममा पनि सफलता हासिल हुदोरहेछ । कृषि क्रियाकलापलाई अपहेलना नगरी अडिग रुपमा काम गर्दा घरपरिवार पालन पोषण गर्न सजिलो हुने रहेछ । अनि घरपरिवार र समुदायको सल्लाह बमोजिम क्रियाकलाप सन्चालन गर्दा प्रभावकारी र खुसी परिवार हुने रहेछ । कुनै बेला दुख तथा आपत पर्दा नहड्बडाईकन सँचालन गरेको व्यावसायलाई निरन्तरता दिने र लगनशिल भएर लाग्नु पर्दो रहेछ । त्यति भएका सफल पक्का भईनेरहेछ । मुख्य गरी कृषि क्षेत्र विकास कार्यक्रमले र सहजकर्ता लाई तालिम दिई आँखा खोलिदिएकोले बोल्न भन्न र अरुलाई कक्षा सन्चालन गरि पैसा कमाउदा एक खुड्किलो माथि उठाएको जस्तो लाग्यो र FEBL कक्षाको व्यवसायिक उद्धमशिलता र GALS कक्षाको सुनौलो सपनाको यात्रा पाठले थोरै कमाएको पैसाबाट व्यवसाय सन्चालन गरि मेरो घरपरिवारको परिवर्तित जीवनशैली देख्न र भोग्न पाउदा कृषि क्षेत्र विकास कार्यक्रमलाई हृदयदेखि धन्यवाद दिन चाहान्छु र आगामी दिनमा पनि थप सहयोगको अपेक्षा गरेको छु ।

संकलन कर्ताः टेक बहादुर शाही, कृषि प्राविधिक
कृषि क्षेत्र विकास कार्यक्रम, खाडाचक्र नगरपालिका, कालिकोट

पुनर्लेखनकर्ताः किरण न्यौपाने, कृषि क्षेत्र विकास कार्यक्रम, जुम्ला