प्रमुख सुचनाहरु
मौजुदा सुची दर्ता / अध्यावधिक गर्ने बारे सुचना           Thematic case study report on CAESC_ASDP           Thematic Case Study on GALS_ASDP           Thematic Case Study on FEBL Class_ASDP           आयोजना सम्पन्न अध्ययन सर्वेक्षणका लागि परामर्शदाताहरुको संक्षिप्त सूची तयार गरिएको सूचना           सीताकुमारी खाम्चाः मरिसकेको आशा भैँसीपालन व्यवसायले फर्कायो: इन्फो कर्णाली अनलाइन           होटल र फेन्सी पसलमा असफलतापछि गाउँ फर्केर व्यावसायिक भैँसी पालन: रातोपाटी अनलाइन           सुर्खेत विरेन्द्रनगर १२, खोरियाका महिलाहरु आत्मनिर्भरताको बाटोमा अग्रसर           व्यावसायिक भैँसीपालन दुध, गोबर र गहुँत बिक्री - गोरखापत्र दैनिक           छाकटार्ने उपायको खोजीमा बिदेसिएका पुरुष स्वदेश फर्कंदै: अन्नपुर्ण पोष्ट दैनिक           ASDP Updated Brochure in Nepali           Midline Survey Report_ASDP Surkhet           Annual Report 2022/23 (Year: Five)           लैङ्गिक कार्य सिकाई पद्वति संचालन प्रक्रिया सम्बन्धि ब्रोसर           क्यान्सर पीडित एक किसानको लोभलाग्दो कृषि क्रान्ति : रातोपाटी अनलाइन           सामुदायिक कृषि प्रसार सेवा केन्द्र (CAESC) - ब्रोसर           बाली पात्रो - ASDP सुर्खेत           पोषण कर्नर सम्बन्धि जानकारी          
सफलताका कथा

GALS ले सहजकर्ताको जीवनमा आएको परिवर्तन
2023-12-17

देवीसरा बुढा हाम्रो बहुउद्देश्यीय सहकारी संस्था चन्दननाथ नगरपालिका, ७ जुम्लाको सदस्य हुन् । सिजा नगरपालिका वडा नं ४ जुम्ला जन्मेकी देवीसरा बुढाको १७ वर्षको उमेरमै कक्षा ९ मा पढ्दै गर्दा चन्दननाथ नगरपालिकामा बिहे हुन्छ । बिहे पछि उनले आफनो पढाईलाई निरन्तरता दिन सकिनन् । बिहे भएको १ वर्षमै छोरीको जन्म हुन्छ । घरमा अन्य परिवारले सहयोग नगर्नु र श्रीमानले सधैजसो जाँडरक्सी खाई घरमा झैझगडा गरिरहने हुनाले उनले आफनो पढाईलाई अगाडी बढाउन सकिनन् ।मनमा पढ्ने ईच्छा हुदाहुँदै पनि उनले आफनो पढाईलाई छोड्नुपर्ने स्थिती आयो ।त्यसपछि उनी गाँउमै सहकारी मार्फत गठन गरिएको समुहमा आवद्व हुन्छिन । सहकारीको समुहमा आवद्व भएपछि हाम्रो बहुउद्देश्यीय सहकारी संस्था मार्फत कृषि क्षेत्र विकास कार्यक्रमसंग जोडिन्छन । कृषि क्षेत्र विकास कार्यक्रमको बेमौसमी तरकारी खेती मूल्य श्रंङ्खलामा काम गर्ने गरि बहुउद्देश्यीय सहकारी संस्थासंग सम्झौता हुन्छ । उनी आफु आवद्व २६ जनाको समुह छ, जसले समुहमा मासिक रुपमा प्रतिव्यक्ति रु २०० रुपैया बचत गर्ने गरेका छन् ।

कृषि क्षेत्र विकास कार्यक्रमसंग सम्झौता भएपछि समुहका सदस्यहरुको लागि संचालन गरिएको वित्तिय शिक्षा तथा व्यावसायिक साक्षरता (FEBL) तथा लैङ्गिक कार्य सिकाई पद्वति (GALS) तालिममा सहभागी भई व्यावसायिक रुपमा तरकारी खेती गर्ने लक्ष्य बनाउछिन् । उनले व्यावसायिक रुपमा खेती गर्नका लागि कृषि क्षेत्र विकास कार्यक्रम मार्फत टनेल १ वटा र पोषण बगैचाको लागी ६ हजार बराबरको साम्रगी सहयोग प्राप्त गर्छिन् । यसरी तालिम र साम्रगी सहयोग पश्चात सुरुमा उनले १ वटा टनेलमा बेमौसमी तरकारी खेति गर्न सुरु गर्छिन । पहिलो पटक उनले साग र धनियाँ मात्र बेचेर झण्डै ३५ हजार आम्दानी गर्छिन् । तरकारी खेतीबाट आम्दानी गर्न सुरु गरेपछि अर्को वर्ष उनले ३ वटा टनेल थप गरि आफनो व्यवसायलाई बढाउदै लिन्छन । हाल उनले ४ वटा टनेलमा तरकारी खेती गर्दै आईरहेकी छन् । आफुसंग भएको जग्गा संगै उनले २ रोपनी बराबर जग्गा भाडामा लिएर तरकारी व्यवसाय खेती गर्दै आईरहेकी छन् । तरकारी खेतीबाट वर्षमा झण्डै १ लाख बराबरको आम्दानी हुने गरेको उनले बताईन् । तरकारी व्यवसाय गर्न सुरु गरेपछि अहिले आएर श्रीमानले जाँडरक्सी खान पनि छोडनु भएको छ । घरपरिवारका अन्य सदस्यहरुले पनि सहयोग गर्ने गरेका छन् । तरकारी खेतीको आम्दानीबाटै चन्दननाथ नगरपालिकामा तीन कोठाको घर बनाएकी छु उनले भनिन् ।

कृषि क्षेत्र विकास कार्यक्रममा जोडिए पछि मेरो जीवनको कथा बदलिएको छ । हिजो निराशा र दुखमा बाच्नुपरेको जीवन आज आएर सुनौलो सपनाको लक्ष्य बोकेर हिडेको छ । मन भारी बनाउदै उनले भनिन्, कहिलेकाँही यो कार्यक्रम मेरै लागि भनेर आएको जस्तो लाग्छ । कुनैबेला गाँउमै गठन गरिएको समुह बस्नको लागि ५०० रुपैयाँ नभई बस्न नपाएको सम्झना आँउछ उनले भनिन ।

देविसराको अबको योजना भनेको भाडामा लिएको जग्गालाई किनेर आफनै नाममा बनाउने र तरकारी खेतीलाई बढाउने रहेको छ । अहिले उनको श्रीमान् ग्लोबल आईएमी बैङ्कमा गार्डको रुपमा काम गर्छन भने उनी आफनो व्यवसायमा व्यस्त हुन्छिन् । घरमा सबैकुरा दुबैजनाको सरसल्लाह बमोजिम हुन्छ । उनको घरमा अहिले ९ वर्षकी छोरी र ५ वर्षको छोरो छ ।

समुदायमा समूहका पछाडि परेका महिला तथा विपन्न वर्गहरुलाई घरपरिवारतहको परामर्श सहितको लैङ्गिक कार्य सिकाई पद्दती (गाल्स) को माध्यमबाट सशक्तिकरण गर्दै कृषि मूल्य शृङ्खला विकास, महिला सशक्तिकरण, युवा सशक्तिकरण, घर परिवार तहको पोषण, जलवायु परिवर्तन जस्ता विविध क्षेत्र र मुद्दाहरु समेट्दै व्यक्ति आफै, घरपरिवार र समुदायमा परिवर्तन गर्न गराउन तत्पर समूहका सदस्यहरुको सामाजिक तथा आर्थिक सशक्तिकरणको लागि सीप तथा क्षमता विकासका गर्नका लागि हाल लैङ्गिक कार्य सिकाई पद्वति (GALS) को १० जनाको महिला समुह तथा ३ वटा समुहमा वित्तिय शिक्षा तथा व्यावसायिक साक्षरता (FEBL) कक्षाको सहजीकरण गरिरहेकी छन् । उनले भनिन यी र यस्ता तालिमहरु गाउघरमा अरु महिलाहरुलाई पनि दिन पाएको भए कति प्रभावकारि हुन्थ्यो होला भन्ने लाग्छ । अहिले आएर आत्मविश्वास बढेर अझ ठुला ठुला सपना देख्ने बनाएको छ ।

लेखनः
रत्नबहादुर बुढा
ज्ञान व्यवस्थापन तथा सञ्चार अधिकृत