शिखर सफल सहकारी संस्था, भेरीगंगा नगरपालिका ९ जहरे सुर्खेतको सक्रिय सदस्य हुन मञ्जु बिक (बाठा), गरिबी र अभावमै उनको बाल्यकाल विन्यो । गरिबीकै कारणले उनले आफनो पढाईलाई १० कक्षा पास भएर पनि त्यो भन्दा अगाडी बढाउन सकिनन् । पारिवारिक कलहकै विचमा सानै उमेरमा विहे हुन पुग्यो । पेशाले उनको श्रीमान् सशस्त्र प्रहरीमा कार्यरत हुनुहुन्थ्यो । श्रीमान् जागिरमा बाहिर जाने हुनाले घरमा परिवारका अन्य सदस्यहरुसंग बस्दै गर्दा सासुआमा र ससुराबुवाले उनलाई हेला गर्ने, पारिवारिक सरसल्लाह नगर्ने, खानासमेत नदिने समस्याले उनको श्रीमानले भएको जागिर छोडेर घर फर्किन वाध्य हुनपर्यो । आमावुवाले आफनो नाममा भएको जग्गापनि छोरीको नाममा पास गरि उनीहरुलाई खेतीपाती पनि गर्न दिएनन् । उनीहरुकै कारण मञ्जुले आफनो माईतमा गएर बस्नुपर्ने बाध्यता सिर्जना भयो । बिहे भएको १ वर्ष नबित्दै २०७४ सालमा उनले आफ्नो माईती घरमै छोरीको जन्म दिन्छन् ।
माईती घरमा बस्दा बस्दै उनको श्रीमानले भेरी बबई डाईभर्सनमा सुपरभाईजर पदमा काम गर्न सुरु गर्नुभयो । शिखर सफल सहकारीबाट उनले कृषि क्षेत्र विकास कार्यक्रमले आयोजना गरेको लैङ्गिक कार्य सिकाई पद्दति (GALS) सम्बन्धि ५ दिने तालिममा सहभागि हुने अवसर प्राप्त गर्छिन । GALS तालिममा सहभागी भएपछि उनले आफनो सुनौलो सपनाको लक्ष्य सहितको योजना बनाउछिन् । जसमा उनले आफनो ३ वर्षको बाख्रापालन र तरकारी खेती गर्ने योजना बनाई घर फर्किन्छन् । तालिम लिईसकेपछि कोसंग कसरी बोल्ने, निर्णय कसरी लिने, घरायसी कुरामा कसरी निणर्य गर्ने भन्ने कुरामा सिकाई भएको उनले बताइन् । तालिममा सहभागी भई सुनौलो सपनाको लक्ष्य बोकी घर फर्केकी मञ्जुले आफलु बनाएको योजना श्रीमानलाई सुनाउछिन् । चित्रको माध्यमबाट सजिलै बुझने गरि बनाएको उनको योजनालाई श्रीमान् पनि राम्रोसंग हेर्छन र समर्थन जनाउछन् । उनले यो पारिवारिक योजना भएकोले आफुले यसलाई पुरा गर्नको लागि सहयोग गर्ने बताउछन।
सुरुमा मञ्जुले १ वटा बाख्रा र केहि जमिनमा तरकारी खेती गर्न सुरु गर्छिन । वार्षिक रुपमा बारीमा उत्पादन भएको तरकारी र बाख्राको पाठीहरु बेचेर आम्दानी गर्न सुरु गर्छिन । यसरी सानो बाट सुरु गरेको उनको व्यवसायमा अहिले उनको परिवारमा ५ वटा बाख्रा, १२ वटा कुखुरा र तरकारी व्यवसाय रहेको छ । वार्षिक रुपमा उनले व्यवसायबाट ५० देखि ६० हजारसम्म बिक्रि गर्ने गरेको उनले बताईन । यसका साथै SLC पास भएपछि छुटेको उनको पढाईलाई अहिले आएर ७ वर्ष पछि कक्षा ११ मा नाम लेखाई पढन सुरु गरेकी छन् । अझै पनि पढाइलाई सकेर जागिर खाने सोच छ उनले भनिन । सहकारी मार्फत कृषि क्षेत्र विकास कार्यक्रममा जोडिए पछि मेरो जीवन बदलिएको छ । अभाव र गरिबीमा जेलिएको मेरो जीवन अहिले आएर सुनौला सपना बोक्ने भएको छन् । सबैकुरा राम्रो हुदै गएपछि घरमा परिवारका अन्य सदस्यहरुको हिजोको हेर्ने दृष्टिकोण र व्यवहार पनि अहिले आएर परिवर्तन भएको छ, गहभरी खुशीका आँसु झार्दै उनले भनिन् । तालिमको बेलामा कपिमा कोरेको मेरो परिवारको सुनौलो सपनाको लक्ष्य अहिले आएर पुरा हुने प्रक्रियामा छ । यसले हाम्रो परिवारमा हिजोका दिनमा हराएको खुशी ल्याएको आभास हुन्छ, GALS तालिम समीक्षा कक्षामा मञ्जु आफैले आफनो सफलताको कथा अन्य सहभागीलाई सुनाइन । अन्तिममा खुशी हुदै, उनले भनिन सहयोगको लागि कृषि क्षेत्र विकास कार्यक्रमलाई धन्यवाद दिन चाहान्छु ।
लेखनः
रत्नबहादुर बुढा
ज्ञान व्यवस्थापन तथा सञ्चार अधिकृत
कृषि क्षेत्र विकास कार्यक्रम