प्रमुख सुचनाहरु
मौजुदा सुची दर्ता / अध्यावधिक गर्ने बारे सुचना           Thematic case study report on CAESC_ASDP           Thematic Case Study on GALS_ASDP           Thematic Case Study on FEBL Class_ASDP           आयोजना सम्पन्न अध्ययन सर्वेक्षणका लागि परामर्शदाताहरुको संक्षिप्त सूची तयार गरिएको सूचना           सीताकुमारी खाम्चाः मरिसकेको आशा भैँसीपालन व्यवसायले फर्कायो: इन्फो कर्णाली अनलाइन           होटल र फेन्सी पसलमा असफलतापछि गाउँ फर्केर व्यावसायिक भैँसी पालन: रातोपाटी अनलाइन           सुर्खेत विरेन्द्रनगर १२, खोरियाका महिलाहरु आत्मनिर्भरताको बाटोमा अग्रसर           व्यावसायिक भैँसीपालन दुध, गोबर र गहुँत बिक्री - गोरखापत्र दैनिक           छाकटार्ने उपायको खोजीमा बिदेसिएका पुरुष स्वदेश फर्कंदै: अन्नपुर्ण पोष्ट दैनिक           ASDP Updated Brochure in Nepali           Midline Survey Report_ASDP Surkhet           Annual Report 2022/23 (Year: Five)           लैङ्गिक कार्य सिकाई पद्वति संचालन प्रक्रिया सम्बन्धि ब्रोसर           क्यान्सर पीडित एक किसानको लोभलाग्दो कृषि क्रान्ति : रातोपाटी अनलाइन           सामुदायिक कृषि प्रसार सेवा केन्द्र (CAESC) - ब्रोसर           बाली पात्रो - ASDP सुर्खेत           पोषण कर्नर सम्बन्धि जानकारी          
सफलताका कथा

पहिला खानाको दुख, अब बचतले सुख
2022-12-21

जुम्ला जिल्ला पातारासी गाँउपालिका वार्ड नं ४ लुमकी २५ बर्षिय लग्नु माया नेपाली आज भन्दा २ बर्ष भन्दा अगाडि सम्म अरुको घरमा काम गरी आफ्नो परिवार पाल्नुहुन्थ्यो । तर अहिले घरको स्थिति फरक भैसकेको छ । हाल उहाँ उत्पादित बालीबस्तुहरु बेचेर केही रकम बचत पनि गर्न थाल्नुभएको छ ।

उनको घरमा श्रीमान र छोराछोरी गरी ४ जनाको परिवार संख्या रहेको छ । घरमा श्रीमान बुद्वि नेपाली ज्याला मजदुरी र बनमा पाईने खिरौलो, लसुन तथा अन्य जडिबुटी संकलन गरी बार्षिक रुपमा १ लाख सम्म कमाई गर्नुहुन्छ । जव म मंगलसुत्र उत्पादन तथा उपभोक्ता समुहमा सदस्यको रुपमा जोडिई कृषि क्षेत्र विकास कार्यक्रमसँगको सम्झौता अनुसार संलग्न हुन थाले तब दोहोरो फाईदा हुन थालेको छ । पहिला हामीलाई रैथाने बाली लगाउदा तरिका तथा प्रविधिबारे केही थाहा हुदैनथ्यो, लगाएको बाली पनि रोग किराले गर्दा उत्पादन धेरै कम हुन्थ्यो तर अहिले रोग किरा नियन्त्रण गर्न जैविक बिषादी बनाइ प्रयोग गर्न जान्यौ । २ रोपनी जग्गामा पुग नपुग जम्मा ५० के जी मात्र सिमी फल्दथ्यो । तर अहिले यसमा शत प्रतिशत उत्पादन वृदि भएको छ । यसका साथै चिनो फापर खेती गरेर उत्पादन पनि बढ्दै गईरहेको छ । पहिला अर्काको घरमा काम नगरि खाना नपुग्ने अवस्था अहिले आएर खान पुगेर पनि केही अन्न बाली बेचबिखन गर्न पाएको छु । सो बाट प्राप्त रकम केही बचत पनि गर्न थालेको छु । पहिला जति कमाए पनि खर्च हुन्थ्यो हाल वित्तिय शिक्षा तथा साक्षरता कक्षामा सहभागी भएपश्चात आम्दानीको केही रकम बचत गर्दा भविष्यमा आईपर्ने समस्यामा कसैको आश गर्न नपर्ने भएकाले बचत गर्न थालेको हो । हामी अनपढ त्यही माथि पढेलेखेका व्यक्तिका लागि पनि सहजकर्ताका रुपमा रोजगारी पाएकाले धेरै राम्रो लागेको कुरा उहाँ भन्नुहुन्छ । पढेर मात्र हुदैन जव व्यवहारिक रुपमा लागु हुनेछ तव राम्रो हुनेछ भन्नेकुरा थाहा पाए । त्यहि अनुसार हामीले उक्त कक्षामा क्यालकुलेटर चलाउन सिक्नुका साथै सामान्य हिसाव किताब गर्न जान्यौ । आफ्नो लगानी कति लाग्दो रहेछ भनेर बनाउन सिक्यौ। तेसैले कृषि क्षेत्र विकास कार्यक्रमले त मेरो जिवनमा धेरै नै परिवर्तन ल्याएको छ । अहिले सहलगानीमा धेरै किसिमका कृषि सामग्री पनि खरिद गरेर ल्याएका छौ । सुरु सुरुमा हामीलाई त विश्वास पनि लाग्दैनथ्यो पहिला धेरै संघ संस्था आएर आश्वासन मात्र दिएर जानुभएको थियो तर हाल सबै सदस्यहरुले सहलगानीका लाग्ने रकम जोहो गरेर सामग्री किनेका छौं । अब ती सामग्रीको उचित प्रयोगले हाम्रो उत्पादन पक्का पनि बढ्ने देखिन्छ ।

अन्तमा उहाँ भन्नुहुन्छ कार्यक्रमको सम्झौता त अझै एक बर्ष बाकी छ । अवधि सकिएपनि यस कार्यक्रमबाट सिकेका कुराहरु पछि सम्म लागु गरी उत्पादनमा बृदि भई आम्दानी बढ्नेछ। अन्य सबै सदस्यहरुमा बचत गर्ने बानिको पनि विकास हुदै जानेछ ।

लेखनः
प्रथमा भण्डारी, कृषि प्राविधिक
पातारासी, जुम्ला

Download